सनराइज बैंक सिमराद्वारा ट्राफिक प्रहरीलाई ‘पोष्ट’ हस्तान्तरण
बारा । बाराको जितपुर सिमरास्थित सनराइज बैंक शाखाले ट्राफिक प्रहरीहरुका लागि अस्थाई ट्राफिक पोस्ट हस्तान्तरण गरको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरी बैंकले करिब १ लाखको लागतमा निर्माण गरिएको पोस्ट हस्तान्तरण गरेको हो ।
सनराईन बैंक सिमरा शाखाका प्रमुख मोहनकुमार अधिकारीले समाज प्रतिको पवित्र कर्तव्य र जिम्मेवारी पुरा गर्दै ट्राफिक प्रहरीलाई कार्यसम्पादनमा सहज होस् भन्नका लागि सहयोग गरिएको बताएका छन् ।
‘ट्राफिक प्रहरीलाई घाम, पानी र धुलोमा पनि काम गर्न सजिलो होस् भन्नका लागि अहिलेलाई सिमरा चोकमा र केही दिनभित्र पथलैयादेखि वीरगञ्जसम्मको ६ लेनको ठाउँ ठाउँमा जनचेतनामुलक बोर्डहरु राख्ने हाम्रो कार्यक्रम छ’ सनराईज बैंक सिमरा शाखा प्रमुख अधिकारीले भने ।
सनराईज बैंकले सिमराको मुख्य चोकमा खटिने सुरक्षाकर्मीहरुको पोस्ट निर्माण गरिदिएको हो । जिल्ला ट्राफिक कार्यलय बाराका प्रमुख सुरेश ठाकुरले ट्राफिक प्रहरीसँग भएको जरिवाना रकम, बिल भरपाई राख्ने ठाउँको अभाव, पानी पर्दा बस्ने ठाउँको अभावमा ट्राफिक पोष्टले ठूलो काम गर्ने बताएका छन् ।
‘ट्राफिक प्रहरी खोज्नुपर्यो भने पनि यो पोष्टले धेरै सहयोग गर्दछ, यस्तो पोष्टहरु चोक–चोकमा भइदियो भने काम गर्न धेरै सजिलो हुन्थ्यो’ जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख ठाकुरले भने ।
हस्तान्तरण कार्यक्रममा सनराइज बैँकका मधेश प्रमुख दिपक पण्डित, जीतपुर सिमरा वडा नं २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख सुरेश ठाकुर, अस्थाई ट्राफिक प्रहरी कार्यालय सिमराका प्रमुख दिलिपकुमार यादव लगायत स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता तथा निर्माता खड्का युकेमा सम्मानित
-
दाल तथा गेडागुडीको अग्रिम कर घट्यो, बजार मूल्य घट्नेमा अन्योल
-
प्रधानमन्त्रीको चीन भ्रमण प्रस्ताव अर्को मन्त्रिपरिषद् बैठकमा
-
प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत