मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘निजी विद्यालयको शुल्क मिटरब्याजीको भन्दा महँगो भयो’

बिहीबार, २८ असार २०८०, २२ : ०७
बिहीबार, २८ असार २०८०

काठमाडौँ । उपभोक्ता जागरण अभियान नेपालले निजी विद्यालायको शुल्क मिटरब्याजीको भन्दा महँगो भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । उपप्रधान समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै  अभियानले निजी विद्यालायको फाराम शुल्क, भर्ना  शुल्क, ट्युसन  फी र अन्य शुल्क मिटरब्याजीको भन्दा महँगो भएकाले नियमन गर्न माग गरेको हो । 

बिहीबार अभियानको टोलीले उपभोक्ताको सार्वभौम अधिकारको संरक्षणका लागि  नीतिगत सुधार गरेर बजार नियन्त्रण गर्न जोड समेत गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । यस्तै तरकारी र फलफूलको आयातमा विषादीको अवशेष परीक्षणमा सरकार कठोर हुनुपर्ने, उपभोक्ता शिक्षालाई प्राथमिकतामा राखिनुपर्ने माग गरिएको छ । 

यस्तै स्वच्छ बजारको आधार सुशासन भएकाले बिचौलियालाई निरुत्साहित गर्ने नीति अख्तियार गरिनुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ ।  यस्तै विधिसम्मत वस्तुगत नियमन गरेर बजारलाई स्वच्छ तुल्याउन  केन्द्रीय , प्रदेश र स्थानीय बजार अनुगमन समितिको कार्यक्षेत्र किटान गरिनुपर्ने,  मुख्यसचिवको संयोजकत्वमा गठित केन्द्रिय अनुगमन तथा मुल्यांकन समितिलाई सक्रिय तुल्याउनु पर्नेलगायतका माग समेत ज्ञापनमार्फत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप