सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रदेशसभाको आजको बैठकमा भाग लिने सत्तापक्षीय प्रदेशसभा सदस्यले सरकारले लिएको नीति विपरीत वास्तविकता र यथार्तपरकभन्दा फरक ढङ्गले बजेट ल्याइएको भन्दै यस्तो ढङ्गको बजेटबाट न्यायपूर्ण एवं समतामूलक समाज निर्माण गर्न नसकिने बताए ।
उनीहरूले मन्त्रालयहरूका संरचनाको मर्मत र विभिन्न सुविधा थप्ने शीर्षकमा अनावश्यकरूपले बजेट छुट्याइएको भन्दै प्रदेशसभाका सदस्यले दिएको सुझावका आधारमा बजेट कार्यक्रममा विकासका योजना समेट्न ध्यानाकर्षण गराए ।
प्रतिपक्षी दलका सदस्यले सीमित नेता र मन्त्रीको निर्वाचन क्षेत्रमा मात्र केन्द्रित गरेर बजेट आएको भन्दै यो बजेट कार्यक्रम दिशाहीन र गन्तव्यहीन भएको आरोप लगाए ।
बजेटमाथिको छलफलमा सत्तापक्षीय सदस्यहरू मेघराज खड्का, शिवसिंह ओली, प्रकाश रावल, प्रकाशबहादुर बम, तुल्सी देवकोटा, खुशीराम डगौरा थारु, लक्ष्मी विक, जानकीदेवी कुँवर र सरस्वती खड्का थिए ।
यसैगरी प्रतिपक्षी दलका धर्मराज पाठक, वीरबहादुर थापा, चक्रबहादुर मल्लले पनि छलफलमा भाग लिएका थिए ।
बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरिएका प्रदेशसभा सदस्यको नाम वाचन गरेका थिए । प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथिको छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ