सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

साम्बाको गोलपछि नेपालले बंगलादेशलाई बराबरीमा रोक्यो

बिहीबार, २८ असार २०८०, १९ : ३८
बिहीबार, २८ असार २०८०

काठमाडौँ । नेपालको महिला राष्ट्रिय फुटबल टोलीले बिहीबार खेलिएको मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशलाई १—१ गोलको बराबरीमा रोकेको छ । प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले इन्जुरी समयमा गोल गर्दै नेपाललाई सम्भावित पराजयबाट जोगाएकी थिइन् । 

बंगलादेशमा बिहीबार पहिलो मैत्रीपूर्ण खेल भएको हो । खेलको ६५औं मिनेटमा सविना खातुनको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । पराजयतर्फ उन्मुख देखिएको नेपाली टोलीलाई अन्तिम समयमा भण्डारीले राहत दिएकी थिइन् । 

उनले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ । भण्डारी लामो समयपछि मैदानमा फर्किएकी हुन् । नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनपछि पहिलो पटक भिडेका हुन् । साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप