‘आत्महत्या विषयलाई जोडेर तथ्य तोडमोड गरी अर्कै भाष्य सिर्जना गरियो’
काठमाडौँ । आत्महत्या विषयसँग जोडेर स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको नाममा पत्रपत्रिका तथा सामाजिक सञ्जालमा समाचार आएकोप्रति स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गरी भ्रमपूर्ण र तोडमोड समाचारका पछि नलाग्न आग्रह गरिएको हो ।
तथ्य तोडमोड गरी अर्कै भाष्य सिर्जना गर्ने प्रयास गरी पत्रपत्रिका तथा सामाजिक सञ्जालमा भ्रम सिर्जना गरेको पाइएको सूचना अधिकारी डा. पवन कुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संघ पूल दरबन्दीमा रहेका एकजना विशेषज्ञ चिकित्सकलाई खटाइएको ठाउँमा काम गर्न सम्झाइबुझाई गर्दा पनि निजले आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटक–पटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा निज तोकिएकै स्थानमा जाऊन् भनेर स्वास्थ्य कर्मचारीको मनोबल उच्च राख्ने सन्दर्भमा सो भाषा प्रयोग भएको हो । तर, हाल सो तथ्य तोडमोड गरी अर्कै भाष्य सिर्जना गर्ने प्रयास गरी पत्रपत्रिका तथा सामाजिक सञ्जालमा भ्रम सिर्जना गरेको पाइएको छ ।’
राष्ट्रिय ट्रमा सेन्टरमा सो विषय विज्ञतासम्बन्धी ४० भन्दा बढी स्वास्थ्यकर्मीहरू कार्यरत रहेका छन् । हाल पनि दरबन्दीभन्दा बढी विशेषज्ञ र अन्य अस्पतालमा दरबन्दीका विशेषज्ञ नभएको अवस्थामा यस्ता धम्कीहरूलाई निरुत्साहन गर्न बोलिएको सन्दर्भलाई समाचार, सामाजिक सञ्जालमा तोडमोड प्रकाशन गरिएको प्रति मन्त्रालयले आपत्ति जनाएको हो ।
साथै, स्वास्थ्यकर्मीहरूलाई दरबन्दी भएकै ठाउँमा काम गर्ने वातावरण सिर्जना गर्न तथा वर्षौंदेखि एकै ठाउँमा मात्र कामकाजमा रहने अवस्था सुधार गरी काठमाडौँमा मात्रै बस्न खोज्ने प्रवृत्तिलाई रोक्न यस्तो प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
स्मरण रहोस्, २५ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको नेतृत्व सम्हालेपछि गरेका काम सार्वजनिक गर्ने क्रममा खटाएको ठाउँमा नगएर आत्महत्या गर्छु भन्ने कर्मचारीलाई आफै डोरी दिने अभिव्यक्ति दिएका थिए । त्यसको चौतर्फी विरोध भएपछि मन्त्रालयले आज विज्ञप्ति जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता