‘आफ्नो फिल्मको टिकट आफैँले किन्नुहुन्छ ?’ यो प्रश्नको जवाफमा शाहरुख खानले दिए यस्तो जवाफ

शाहरुख खानको फिल्म जवान छिट्टै सिनेमाघरमा रिलिज हुँदै छ । हालै जवान फिल्मको ट्रेलर रिलिज भएको छ । ट्रेलरलाई अहिलेसम्म करोडौँले हेरिसकेका छन् । यस्तोमा शाहरुख खानले पठान फिल्म झैँ जवानको पनि प्रचार सुरु गरेका छन् ।
शाहरुख खानले ट्विटरमा #AskSrk सहित प्रशंसकको प्रश्नको जवाफ दिए । शाहरुख खान यस्तो मौकामा यस्तै गर्छन् भनेर अब धेरैलाई थाहा भइसकेको छ ।
शाहरुखले एक एक गरी हरेक प्रश्नको जवाफ ट्विटरमा दिए । यो प्रश्न पहिले पनि सोध्ने गरिएको थियो । विशेष गरी त्यतिबेला जब पठान फिल्मले एक हजार करोडको कमाई गरेको थियो ।
त्यतिबेला सोसल मिडियामा केही मानिसले शाहरुखलाई आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ भनेर सोधेका थिए ।
हब ट्विटरमा शहजाद कुरैशीले प्रश्न सोधे, ‘तपाईं आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ ?’
शाहरुखले जवाफ दिए, ‘तपाईं के आफ्नो कामको तलब आफैँले दिनुहुन्छ ?’
तुम क्या अपने काम की salary ख़ुद pay करते हो?? #Jawan https://t.co/Rr7B5mz1Ij
— Shah Rukh Khan (@iamsrk) July 13, 2023
अर्का प्रशंसकले सोधे, ‘पठानले व्यापक कमाई गरेको छ, अब तपाईंले जवान लिएर आउनुभएको छ, यसबाट तपाईंले कस्तो आशा राख्नुभएको छ ?’
शाहरुखले जवाफ दिए, ‘एउटै आशा छ, सधैँ तपाईंहरुलाई मनोरञ्जन प्रदान गर्न सकूँ । आशा छ जवान तपाईंलाई राम्रो लाग्नेछ ।’
Me too….now have more face to show na??!! Ha ha #Jawan https://t.co/S2jM6GcCac
— Shah Rukh Khan (@iamsrk) July 13, 2023
यस्तै अर्को एक जनाले सोधे, ‘फिल्ममा तपाईंको बाल्ड (तालुखुइले) लुक मनपर्यो । ’ यसमा शाहरुखले भने, ‘मलाई पनि मनपर्यो किनभने अब मसँग देखाउनका लागि ठुलो अनुहार छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश