आदिपुरुष विवादपछि निर्देशक नितेशले भने, ‘रामायणमा आधारित हेर्न लायक फिल्म बनाउनेछु’

निर्देशक नितेश तिवारी हिन्दु महाकाव्य रामायणबारे फिल्म बनाउँदै छन् । फिल्म आदिपुरुषबारे भएको विवादपछि अब निर्देशकले मिडियासँग कुरा गर्दै आफूले बनाएको फिल्मले कसैको पनि भावना आहत नहुने बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार फिल्मका लागि उनले राम सीताको रूपमा रणबीर कपुर र आलिया भट्टलाई मुख्य भूमिकामा छनोट गरेका छन् । यद्यपि, निर्देशकको तर्फबाट हालसम्म आधिकारिक घोषणा भने भइसकेको छैन ।
जुम इन्टरटेन्मेन्टसँग कुरा गर्दै ओम राउतको फिल्म आदिपुरुषबारे भएको विवादपछि रामायणमा आधारित भएको फिल्म बनाउने निर्णय किन फिर्ता नलिएको भनेर जानकारी दिए । साथै, निर्देशकले यो फिल्ममा राम–सीताको भूमिकामा रणबीर–आलियालाई कास्ट गर्ने विषयमा पनि कुराकानी गरे ।
मैले जुन फिल्म बनाउँदै छु, त्यसको उपभोक्ता म आफैँ पनि हुँ : नितेश तिवारी
आदिपुरुषमाथि भएको विवादपछि यो प्रोजेक्टबाट पछि हट्ने वा यसलाई केही दिनका लागि स्थगित गर्नेबारे सोच्नुभएको छ भनेर सोधिएको प्रश्नमा नितेशले भने, ‘मेरो प्रश्न एकदम साधारण छ । जुन सामग्री म आफैँ निर्माण गर्छु, अरू मानिससँगै म पनि त त्यसको उपभोक्ता हुँ ।’
‘यसै कारण म यो कुराका लागि पूर्ण रूपमा कन्फिडेन्ट छु कि म जुन फिल्म बनाउँछु, त्यसले कसैको पनि भावनामा ठेस पुर्याउने छैन । उपभोक्ताको रूपमा कस्तो खालको सामग्री हेर्न चाहन्छु भनेर मलाई राम्रोसँग थाहा छ ।’
कास्टबारे छिट्टै आधिकारिक जानकारी दिइनेछ : नितेश तिवारी
फिल्मको कास्टमा रणबीर–आलियाको नाम फाइनल गरिसकेको विषयमा हालसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । नितेशले कास्टको विषयमा छिट्टै आधिकारिक घोषणा गरिने बताए ।
रावणको भूमिका निभाउन यशले अस्वीकार गरे
निर्देशकले रावणको भूमिकामा केजीएफ अभिनेता यश उर्फ नविन कुमार गौडालाई छानेका थिए । यद्यपि, यशले नकारात्मक भूमिकामा अभिनय गर्न अस्वीकार गरे । यसअघि ऋतिक रोशनलाई रावणको भूमिकामा कास्ट गरिने जानकारी सार्वजनिक भएको थियो तर प्रोजेक्ट ढिलो भइरहेका कारण ऋतिक रोशनले यो भूमिका निभाउन अस्वीकार गरिदिए ।
यस्तै, रणबीरलाई रामको भूमिका दिइनेबारे कङ्गना रनोटले आपत्ति जताएकी थिइन् । उनले लागु औषध दुर्व्यसनीलाई रामको भूमिका दिन नहुने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
एनआरएनए विवादमा सर्वोच्चको दुई पत्र : शेष घलेलाई कार्यालय बुझाउन निर्देशन (पत्रसहित)
-
माओवादीले भन्यो– रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ