असार मसान्तमा मधेस सरकारको बुलेट ट्रेनको गति !
जनकपुरधाम । २९ पुस २०७९ मा मधेस प्रदेश सरकारको नेतृत्व लिए मुख्यमन्त्री सरोजकुमार यादवले । माघ २१ गते मधेस प्रदेश सरकारको पाँचौ वार्षिकोत्सव समारोहमा उनको अभिव्यक्ति थियो, ‘प्रदेश सरकारको काम बुलेट ट्रेनभन्दा बढी स्पिडमा हुनेछ ।’
अन्ततः असारमा त्यो स्पिड देखियो । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को विनियोजन गरेको कुल बजेटको ३१.२९ प्रतिशत बजेट आर्थिक वर्षको अन्तिम महिना जेठ मसान्तसम्म खर्च गरेको थियो । असारसम्म खर्चको प्रतिशतलाई ५७.४१ पुर्यायो ।
असारमा २४ गतेसम्म आर्थिक कारोबार भएकोमा २६.१२ प्रतिशत बजेट खर्च गरेको छ । यो असार मसान्तमा भएको खर्च ११ महिनामा सरकारले गरेको खर्चको हाराहारीमा पुगेको छ ।
त्यसो त पछिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा सरकारले ७ प्रतिशत कम बजेट खर्च गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको ६४.०४ प्रतिशत बजेट खर्च भएको मधेस प्रदेशको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले २०७९/०८० को लागि ४७ अर्ब २ करोड ४१ लाख ५२ हजार १ सय १७ रुपैयाँ विनियोजन गरेकोमा २७ अर्ब २४ लाख १२ हजार ८८५ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मनोजकुमार झाले जनाए ।
प्रदेश सरकारले गरेको खर्चमध्ये चालुतर्फ १० अर्ब ७७ करोड ७६ लाख १२ हजार २४० रुपैयाँ अर्थात् ५१.९४ प्रतिशत र पुँजीगततर्फ १६ अर्ब २२ करोड ४७ लाख ९९ हजार ६४४ रुपैयाँ खर्च गरेको सूचना अधिकारी झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते
-
तीन वर्षीय बालक ६ दिनदेखि बेपत्ता
-
ढोरपाटनको विकासमा लाग्न प्रतिबद्ध छु: भट्टचन