रुसी दूतावास अगाडि मानवअधिकारवादीको प्रदर्शन

काठमाडौँ । नेपालस्थित रुसी दूतावास अगाडि मानवअधिकावादीहरुले प्रदर्शन गरेका छन् । बिहीबार रुस–युक्रेन युद्धको ५०५ औँ दिन मानव अधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न आग्रह गर्दै गर्दै रुसी राजदूतावास अगाडि प्रदर्शन गरेको हो । विभिन्न नारा अंकित पोस्टरसहित प्रदर्शनमा सहभागीहरुले तत्काल युद्ध अन्त्य गर्न आग्रह गरेका थिए ।
प्रदर्शन पश्चात रुसका राष्ट्रपति भ्लादीमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदूतावास अधिकारीमार्फत हस्तान्तरण गरिएको थियो । ज्ञापनपत्रमा युद्धका कारण मानवता पराजित भइरहेको दुखद अनुभव शान्ति समाजले गरेको उल्लेख गरिएको छ । यस्तै सन् २०२२ को फेव्रुवरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि शुरु भएको युद्ध तत्काल अन्त्य गर्न आग्रह गरिएको छ ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, महासचिव रेनुका पौडेल, शान्तिवादीहरु डा केदारनरसिंह केसी, सुदर्शन सिग्देल, रत्नलक्ष्मी श्रेष्ठ, चन्द्रमणी बञ्जारा, बलबहादुर गाहा, किरण ढकाल, नम्रता खरेल, दिवाकर पुडासैनी, जगन्नाथ पुडासैनी, भगवान पुडासैनी, विकास थापा, ईश्वर पुडासैनी, जयराम पुडासैनी, ईश्वर नेपाल, प्राची खनाल, रिता अधिकारी, आरसी भण्डारी, मणिराम दाहाल, गौतम खड्का, हिरामणी खनाल लगायत चार दर्जन शान्तिवादीहरुको सहभागिता थियो ।
यसैगरी असार २८ गतेकै दिन रुसलाई तत्काल युुद्ध अन्त्य गर्न आग्रह गर्दै पाल्पा, रुपन्देही, संखुवासभा, चितवन, सुर्खेत, तेह्रथुम, नवलपुर, रसुवा लगायत एक दर्जन जिल्लामा पनि समाजको तर्फबाट प्रदर्शन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको असंसदीय भाषा रेकर्डबाट हटाउन राप्रपाको माग
-
थाइल्यान्डमा यस्तो छ प्रधानमन्त्री ओलीको कार्यक्रम
-
ट्रम्पले भने, ‘नयाँ कर सबै देशहरूमा लागू हुनेछ’, एसियाली सेयर बजारमा गिरावट
-
न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट
-
सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले दोषीलाई कारवाही गर्छ : गृहमन्त्री लेखक
-
यस्तो छ ‘खेल’को ट्रेलर