केन्द्रीय संस्करण
विश्व

आइतबार रसियामा राष्ट्रपति निर्वाचन, किन पुटिनले जित्ने पक्का छ ?

person explore access_timeचैत ४, २०७४ chat_bubble_outline0

आइतबार (मार्च १८) रुसमा राष्ट्रपति निर्वाचन हुँदै छ । विश्वको सबैभन्दा ठूलो देशको सर्वोच्च पदका लागि आठ जनाले प्रतिस्पर्धा गर्दै छन् । वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन यो निर्वाचनका प्रमुख दाबेदार मानिन्छन् । उनको अलवा भ्लादिमिर झिरिनोभ्स्की (‘लिबरल डेमोक्रेटिक पार्टी अफ रसिया’बाट), बोरिस टिटोभ (व्यापारमैत्री पार्टी ‘पार्टी अफ द ग्रोथ’), सरगेई बबुरिन (पुरतनपन्थी पार्टी ‘अल–रसिया पुपुल्स युनियन’बाट), सोसल डेमोक्रेटिक पार्टी’ याब्लोको’का उम्मेदवार ग्रिगोरी याभ्लिन्स्की, ‘सिभिल इनिसियटिभ पार्टी’की सेनिया सोवचक उम्मेदवार रहेका छन् । 

यसका अतिरिक्त दुई कम्युनिस्ट पार्टीहरूले आफ्ना उम्मेदवार उठाएका छन् । ‘कम्युनिस्ट पार्टी अफ रसियन फेडरेसन’ले आफ्नो पार्टी सदस्य नरहेका पाभेल ग्रुडिनिनलाई उठाएको छ । सानो कम्युनिस्ट पार्टी कम्युनिस्ट अफ रसिया पार्टीले म्याक्सिम सुरेइकिनलाई उठाएको छ । सुरेइकिनको उम्मेदवारीलाई कम्युनिस्ट पार्टीका उम्मेदवारको भोट काट्नका लागि क्रेमलिन (राष्ट्रपति कार्यालय)ले उठाएको मानिन्छ ।
निर्वाचनमा उम्मेदवारीका लागि पहिलो चरणमा उम्मेदवारले विदेशी बैङ्कमा रहेको आफ्नो खाता बन्द गर्नु पर्नेछ । साथै उम्मेदवारले आफ्नो आय र सम्पत्तिको पूर्ण विवरण केन्द्रीय निर्वाचन आयोगलाई बुझाउनुपर्नेछ ।

दोस्रो चरणमा संसदमा नरहेको पार्टीका उम्मेदवारले १ लाख हस्ताक्षर बुझाउनुपर्ने हुन्छ भने स्वतन्त्र उम्मेदवारले ३ लाख हस्ताक्षर बुझाउनुपर्छ । संसदमा प्रतिनिधि रहेका उम्मेदवारले भने हस्ताक्षर बुझाउनु पर्दैन । बुझाएका हस्ताक्षरमध्ये ५ प्रतिशत मात्र पनि हस्ताक्षर जाली निस्किएमा उम्मेदवारी रद्द हुने व्यवस्था रहेको छ । 

पुटिनको योजना 

रिपोर्टहरूको अनुसार क्रेमलिनले निर्वाचनमा ७० प्रतिशत मत खस्ने अनुमान गरेको छ । उसले खसेको कुल मतमध्ये ७० प्रतिशत भोट पुटिनको पक्षमा परोस भन्ने चाहेको छ ।

पुटिनले यो पटक स्वतन्त्र उम्मेदवारी दिएका छन् । योअघिका तीन चुनावमा उनी ‘युनाइटेड रसिया पार्टी’का उम्मेदवारका रूपमा उठेका थिए । पुटिनको लोकप्रियता युनाइटेड पार्टीको भन्दा निक्कै बढी भएकाले यसले उनलाई असर पार्नेछैन । 

२०१८ मार्चमा गरिएको पछिल्लो सर्वेक्षणले ५२ प्रतिशत रुसीहरू युनाइटेड रसिया पार्टीप्रति सकारात्मक रहेको देखाउँदा ८० प्रतिशत जनता पुटिनप्रति सकारात्मक रहेको देखिएको थियो ।

मार्च ९ मा सार्वजनिक अर्को सर्वेक्षणको परिणाममा पुटिनको पक्षमा ६९ प्रतिशत भोट खस्ने देखिएको छ । सर्वेक्षणले उनको निकटतम प्रतिद्वन्दीको पक्षमाा ७ प्रतिशत मात्र भोट आउने देखाएको छ । कम्युनिस्ट पार्टीका उम्मेदवार ग्रुद्दिनिन उनका निकटतम प्रतिद्वन्द्वी हुने कुरा सर्वेक्षणमा उल्लेख छ । उनलाई ५ प्रतिशत भोट पाएर झिरिनोभ्स्कीले पछ्याउने देखिएको छ । त्यसपछि उल्लेखनिय भोट सोवचकले पाउने देखिएको छ । आगामी निर्वाचनमा सोबचकले २ प्रतिशत भोट पाउने सर्वेक्षणले देखाएको छ । बाँकी उम्मेदवारले १ प्रतिशत  र त्योभन्दा पनि थोरै भोट पाउने देखिएको छ ।

यो मत सर्वेक्षण अनुरूप नै मत परिणाम आएमा मार्च १८ को पहिलो चरणको चुनावमै राष्ट्रपति निर्वाचित हुनेछन् । कुनै उम्मेदवारले ५० प्रतिशत भोट नपाएमा मात्र पहिलो चरणको निर्वाचन भएको तीन हप्तापछि दोस्रो चरणको निर्वाचन हुनेछ । तर रुसको राजनीतिक इतिहासमा यो विरलैको घटना हो । सोभियत सङ्घको पतनपछि भएका ६ राष्ट्रपति निवार्चनमा एक पटक मात्र दोस्रो चरणको निर्वाचन भएको छ । 

सोभियत सङ्घको पतनपछि रुसमा अन्यौलता र अराजकता बढेको थियो । १९९० देखि पुटिनले शासन सम्हालेको सन् २००० सम्मको अवधिलाई केहीले ‘वाइल्ड रसिया’ नाम दिन्छन् (कानुनविहीन अवस्था अमेरिकाको पश्चिमी तट वरपरको कथा समेट्न् ‘वाइल्ड वेस्ट’ फिल्मबाट साभार) ।

सन् १९९६ को पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको निर्वाचन भएको थियो । त्यसमा तत्कालीन राष्ट्रपति बोरिस ऐलसिन र विपक्षी कम्युनिस्ट पार्टीका उम्मेदवार दोस्रो चरणको निवार्चनमा गएका थिए । पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका गेन्नडी जुगानोब दोस्रो चरणमा ऐलसिनसँग पराजित भएका थिए ।

किन लोकप्रिय छन् पुटिन : ‘वाइल्ड’ रसियालाई सुरक्षित अवतरणको जस

सोभियत सङ्घको पतनपछि रुसमा अन्यौलता र अराजकता बढेको थियो । १९९० देखि पुटिनले शासन सम्हालेको सन् २००० सम्मको अवधिलाई केहीले ‘वाइल्ड रसिया’ नाम दिन्छन् (कानुनविहीन अवस्था अमेरिकाको पश्चिमी तट वरपरको कथा समेट्न् ‘वाइल्ड वेस्ट’ फिल्मबाट साभार) ।

अन्यौलता र अराजकता राजनीतिक, मानसिक, रूपमा मात्र होइन आर्थिक रूपमा पनि छाएको थियो । यसका कारणले ठूलो सङ्ख्यामा उद्योगधन्दाहरू बन्द भए । यसले उत्तिकै ठूलो सङ्ख्यामा बेरोजगारी सिर्जना गर्यो । यसका कारणले रसियामा आम गरिबीको निम्तिएको थियो । 

आम गरिबीको समयमा कमजोर राज्य प्रशासनका कारण आपराधिक माफिया समूहरू जन्मे । १९९० को दशकमा रसियाका ठूला सहरहरूमा आफ्नो वर्चस्व कायम गर्न लडिरहेका माफियाहरूबीच दिनद अहाडै सडकमाझमा गोली हानाहान हुन्थ्यो ।

‘जन्मदेखि मृत्य’ुसम्म राज्यबाट सामाजिक सुरक्षा पाउने राज्य प्रणाली भएको सोभियत सङ्घको पतनसँगै समाजिक सुरक्षाको पूर्ण अन्त्य भएको थियो । बेरोजगारीबीच सामाजिक सुरक्षा नहँुदा सोभियतकालीन समयमा राज्यको कठोर नियमनका कारण शून्यमा रहेको वेश्यावृत्ति ह्वात्तै आकासियो । 

त्यसमाथि मुस्लिम बहुल चेचेनियाले आफूलाई स्वतन्त्र घोषणा गरेर मस्कोमा दबाब बनाउन रुसका प्रमुख सहरहरूमा आतङ्कवादी हमला गर्न सुरु गर्यो । यसले रुसका सहरी इलाकामा नित्य डरको मानसिकता थियोे । 

समयसँगै यी सब समस्या घटनुको सट्टा झनझन बढिरहेको थियो । समस्या कतिसम्म विकराल थियो भने आम निरासाका कारण आत्महत्या बढिरहेको थियो, युवाहरूको ठूलो समूह पश्चिमी मुलुक पलायन भयो । अत्यन्त निराश वातावरणका कारण मानिसहरूले बच्चा जन्माउन छाडेकाले सो समयमा जनसङ्ख्यामा उलेख्य कमी आएको थियो ।

पुटिनको पहिलो कार्यकाल निक्कै सफल रह्यो । उनले कायम गरेको शान्ति सुरक्षाले देशमा लगानी बढायो । उद्योगहरू उलेख्य मात्रामा बढे । उद्योगसँगै उत्पादन, निर्माण, आय, ऋण बढे । यही समय विश्वव्यापी रूपमा बढेके पेट्रोलियम पदार्थको मूल्य बढ्दा पेट्रोलियम पदार्थको विशाल भण्डार रहेको रुसले मनग्य आय भित्र्यायो ।

यही कारण सोभियत सङ्घको पतनमा प्रमुख भूमिका खेलेर नायकजस्तो वाहवाही पाएका बोरिस ऐलसिन दोस्रो पटकको राष्ट्रपति निर्वाचनमा पहिलो चरणको निवार्चनमा कम्युनिस्ट पार्टीका उम्मेदवारसँग पराजित भएका थिए । दोस्रो चरणको निर्वाचनमा विजयी भए पनि उनको दोस्रो कार्यकालमा पनि सुधारको कुनै लक्षण देखिएन । 

लोकप्रियता शून्यमा झरिसकेको रिपोर्ट माझ बोरिस एलसिनले आफ्नो दोस्रो कार्यकालको अन्तिमतिर डिसेम्बर १९९९ एलसिनले राजीनामा दिए । राष्ट्रपतिबाट निस्कँदै गर्दा एलसिन आफैले चार महिनाअघि मात्र प्रधानमन्त्रीमा ल्याएकोे पुटिनलाई कार्यवाहक राष्ट्रपति चुनेका थिए ।

३ महिनापछि निर्वाचन गराउने जिम्मेवारी रहेको पुटिनको सरकार ‘निर्वाचन सरकार’ जस्तै थियो । तर राष्ट्रपति भएलगतै पुटिनले चेचेन विद्रोही र माफियाहरूविरुद्ध भीषण सैन्य कारवाही सुरु गरे । कारबाहीले व्यापक हताहती निम्त्याए पनि यो अभियान निक्कै सफल भयो । सहरहरू सुरक्षित भए । चेचेन विद्रोह लगभग निमिट्यान्न भयो । 

यो सफलताले पुटिनलाई रसियामा यति लोकप्रिय बनायो कि केही समयअघि सार्वजनिक रूपमा नामै नसुनिएका पुटिनले सन् २००० को राष्ट्रपति निर्वाचनमा ५३ प्रतिशत मत ल्याएर पहिलो चरणमै निर्वाचित भए । 

पुटिनको पहिलो कार्यकाल निक्कै सफल रह्यो । उनले कायम गरेको शान्ति सुरक्षाले देशमा लगानी बढायो । उद्योगहरू उलेख्य मात्रामा बढे । उद्योगसँगै उत्पादन, निर्माण, आय, ऋण बढे । यही समय विश्वव्यापी रूपमा बढेके पेट्रोलियम पदार्थको मूल्य बढ्दा पेट्रोलियम पदार्थको विशाल भण्डार रहेको रुसले मनग्य आय भित्र्यायो । पुटिनले आफ्नो शासनकालमा पेट्रोल उत्खनन बढाउनले र पाइपलाइनको विशाल सञ्जाल निर्माण गरेर ऊर्जाको भोको युरोपमा पुर्याउने नीति लिए ।

यी सब प्रयासका प्रतिफल स्वरूप सन् २००० देखि सन् २००७ बीच रसियाले औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्यो । लामो समयको ऋणत्मक आर्थिक वृद्धिले आधा आकारको भइसकेको रुसी अर्थतन्त्र सन् २००७ मा १९ वर्षपछि १९८९ सोभियत सङ्घमा रहँदाको बराबर फर्काए । सन् २००५ सम्म रुसले आफूमाथि रहेको विशाल ऋण तिरिसकेको थियो ।

सन् २००४ को पुटिन सहभागी दोस्रो राष्ट्रपति निवार्चनमा उनले अभुतपूर्व ७१ प्रतिशत मत ल्याए । दोस्रो कार्यकालमा उनले पहिलो कार्यकालमा सुधार गरेको योजना जारी राखे । उनले यो समयमा विभिन्न सामाजिक सुरक्षाको कार्यक्रमहरू पनि ब्यँुताए । साथै यो समयमा पुटिनले अन्तर्राष्ट्रिय मञ्चमा रुसको हटेको भूमिका विस्तारै बढाउँदै लगे । 

रुसको संविधानमा राष्ट्रपतिको कार्यकालमा दुई पटकको सीमा लगाएकाले सन् २००८ को निर्वाचनमा उनी उठेनन् । २००८ को राष्ट्रपति निर्वाचनमा पुटिनले आफ्नो विश्वास पात्र दिमित्री मेद्भेदेभलाई उठाए । उनी भने सो समय प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री रहँदा प्रधानमन्त्रीको कार्यलयको कार्यभारहरू बढाइएको थियो । 

सन् २०१२ को राष्ट्रपति निर्वाचनमा पुटिन पुनः उठे । उनको उम्मेदवारीमा व्यापक विरोध भयो । उनको उम्मेदवारीलाई गैरसंवैधानिक भनेर लिबरल समूहहरूले व्यापक विरोध गरे । तर उनले संविधानको दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाउने प्रावाधानलाई दुई लगातार कार्यकाल पो नपाउने भनेर अपव्याख्या गरेर राष्ट्रपतिको उम्मेदवारी छाडेनन् । 

पश्चिमी मिडियाहरूले व्यापक धाँधली भएको भनिएको यो निर्वाचनमा पुटिन ६३.६ प्रतिशत भोट ल्याएर निर्वाचित भए । यो कार्यकालमा उनले संसदमा राष्ट्रपतिको कार्यकाल चार वर्षबाट बढाएर छ वर्ष बनाए । 
यो कार्यकालको सुरुतिर उनको विरोधमा निरन्तर सानातिना विरोध भइरहेको थियो तर सन् २०१४ मा युक्रेनमा रुसी समर्थक राष्ट्रपति आम विरोधबाट पदच्यूत भएपछि उनको लोकप्रियता पुनः वृद्धि भएको छ ।
सोभियत सङ्घ १५ राष्ट्रहरूको समूह भए पनि आकार, जनसङ्ख्या र केन्द्रको हिसाबले पनि रसिया सर्वैसर्वा हुनेगर्थो । सो समय रसिया दुई विश्वशक्तिमध्यै एक थियो । जनताको जिवनस्तर पनि उच्च स्तरको थियो । सोभियत सङ्घको विघटनसँगै रसियाको गिरेको अवस्थाले रुसी जनतामा निरासा आएको थियो ।

धेरै रुसी जनताले पुटिनले विगतको रुसी वैभव र प्रतिष्ठा फिर्ता ल्याएको विश्वास गर्दछन् । पुटिनमा पनि सत्ताको महत्वकाङ्क्षा रहेकाले उनी आफैले सत्ता छाड्ने देखिँदै देखिँदैन । त्यसैले यो पटक पनि पुटिनको प्रतिस्पर्धा पुटिनसँग मात्र हुने देखिन्छ । 

अहिले नै पुटिन स्टालिनपछि सबैभन्दा धेरै शासन गर्ने नेता भइसकेका छन् र अर्को छ वर्षे पनि उनकै पोल्टामा पर्ने देखिन्छ ।

एजेन्सीहरुको सहयोगमा
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.