ललिता निवास प्रकरण : यी हुन् हालसम्म पक्राउ परेका १७ आरोपी
काठमाडौँ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर (सिडिई) बालकृष्ण श्रेष्ठ र समरजङ्ग कम्पनीका सह–लेखापाल विनोद पौडेललाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्ने संख्या १७ पुगेको हो ।
यसअघि असार २६ मा प्रहरीले तत्कालीन भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्र प्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो । भूमिसुधार तथा व्यवस्था विभागमा महानिर्देशक हुँदा श्रेष्ठले पशुपति टिकिन्छा गुठिमा मोही खडा गरेर सरकारी जग्गा हिनामिना गरेको आरोप छ ।
सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठले बालुवाटार क्षेत्रमा विशिष्ट व्यक्तिहरूको निवास विस्तारको नाममा जग्गा सङ्कुचन गराएर मोही कायम गर्न भूमिका खेलेको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई जानकारी दिए ।
यी हुन् ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म पक्राउ परेकाहरू :
१. मीन बहादुर गुरुङ - भाटभटेनी सुपर मार्केटका सञ्चालक, (असार १२)
२. सुधीर कुमार शाह - पूर्व निर्वाचन आयुक्त ।
३. धर्म प्रसाद गौतम- शाखा अधिकृत
४. गोपाल कार्की, अवकाश प्राप्त खरिदार
५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)
६. घमान कुमारी कार्की- नापी सर्वेक्षक
७.बाबुराजा महर्जन- नक्कली मोही
८.रमेश कुमार पोखरेल- समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (असार १८)
९. देव नारायण महर्जन- मोही
१०.लोकहरी घिमिरे - समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख (असार २४)
११. ध्रुब प्रसाद अर्याल- नापी सर्वेक्षक
१२. कृष्ण बहादुर राउत- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव
१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत (असार २६)
१४. नारायणदास मिश्र- पूर्व खरिदार डिल्लीबजार मालपोत
१५. रुद्र प्रसाद श्रेष्ठ- महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग । (असार २६)
१६. बालकृष्ण श्रेष्ठ- सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय ।
१७. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी (असार २७)
स्टे अर्डरमा छुटेका ।
१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।
२. सुरेन्द्रमान कपाली, अधिकृत ।
३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार