मुख्यमन्त्री भट्टद्वारा डडेल्धुराको ऐतिहासिक अमरगढी अवलोकन

डडेल्धुरा–सात नम्बर प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्ला अवलोक गरेका छन् । उनले किल्ला अवलोकनपछि पुर्खाले नेपाल बचाउन ठुलो योगदान गरेको बताए । अमरगढी किल्लाको ईतिहास मेटिनेगरि कुनै किसमका पुनः निर्माण नगर्न र एतिहासिक किल्लाको पुरातात्वीक महत्व कायम राख्न सरोकारवालालाई सुझाव समेत दिए ।
अमरगढी किल्लाको इतिहास
यहि युद्धमा गोरखाली फौजसँग डोटेली फौज पराजित भइसकेपछी डोटी राज्य पनि बिशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो । यो भू–भागको सुशानलाई सुदृढ र विस्तार गर्न अमरसिंह थापा यस क्षेत्रको प्रथम प्रशासनको रुपमा नियुक्ति भएका थिए । त्यसक्रममा थापाले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएका थिए ।
यो किल्लाको निर्माण भइसकेपछि सरदार अमरसिंह थापा काजी जगतजित पाण्डे, कप्तान गोलैया कप्तान रणवीर खत्री सुब्बा आदि सैनिक कमाण्डरहरुले अमरगढी किल्लालाई आधारकिल्ला कायम गरि कुमाउ सयर गर्दा बाटोमा कुमाउका राजा मोहन चन्दका फौजले गोरखाली फौजमाथि आक्रमण गरे । त्यसवेला गोरखाली सैनिकले पराजय भोगे । तर, केहि समयपछि गोरखाली फौज पुनः कालि कुमाउतर्फ अगाडी बढ्यो र विजय हासिल गर्यो । विजयपछि अमरगढी किल्लाको माताहातमा रहने गरी एउटा किल्ला (छाउनि) कुमाउमा राखियो । यो विशाल किल्लाकै कारण १८७३ को अंग्रेजसितको लडाईमा महाकाली वीरको संरक्षण भएको थियो ।
अमरसिंह थापाद्वारा निर्माण गरिएको विशाल ढुङगेकिल्लाको निर्माण कलात्मक छ । चारैतिर ढुङगाले बनाईएको उक्त किल्लाभित्र गुफाहरु बनाईएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ