‘बगान’ ले फिल्म क्षेत्रमा क्रान्ति छेड्छ : दीपाश्री निरौला

काठमाडौंँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले ‘बगान’ले फिल्म क्षेत्रमा एउटा क्रान्ति छेड्ने बताएकी छन् । बुधबार प्रिमियरमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेकी हुन् ।
‘बगानले जुन विषयवस्तु उठाएको छ । त्यो उठाउन मुटु चाहिन्छ’, उनले भनिन् ‘सरोज खनालले एकदमै राम्रो विषय उठाउनुभयो ।’ सरोज खनालको अभिनय जस्तै निर्देशनमा पनि अब्बल काम गरेको उनको भनाइ छ ।
कार्यक्रममा निरौलाले अभिनेत्री करिश्मा मानन्धरको अभिनयको पनि तारिफ गरिन् । ‘करिश्माको अभिनय एकदमै राम्रो छ,’ उनले भनिन् । ‘बगान’का प्रत्येक संवादले आफ्नो मुटु छोएको उनको भनाइ छ ।
थुप्रै रंगपत्रकार र कलाकर्मी उपस्थिति रहेको प्रिमिएरमा अधिकांशले फिल्मको तारिफ गरेका थिए ।
सरोज खनालले निर्देशन गरेको फिल्ममा करिश्माको सरोज खनाल, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।
सुरेश वाग्ले निर्माता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक