पहिलो खेलमै माउन्टको प्रदर्शनबाट प्रभावित प्रशिक्षक एरिक

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले आफ्नो पहिलो खेलमै मिडफिल्डर मासन माउन्टले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । उनले माउन्टको प्रदर्शनबाट आफू निकै प्रभावित भएको धारणा पनि ब्यक्त गरेका छन् । म्यानचेस्टर युनाइटेडले बुधबार राति ओस्लोमा खेलिएको प्रिसिजन खेलमा लिड्स युनाइटेडलाई २—० गोलले हराएको थियो । उक्त खेलमा २४ वर्षीय माउन्ट पनि पहिलो हाफमा मैदानमा ओर्लिएका थिए । म्यानचेस्टर युनाइटेडबाट यो उनको पहिलो खेल हो ।
उक्त खेलमा म्यानचेस्टर युनाइटेडले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ६७ औं मिनेटमा नोम एमरन र ८१ औं मिनेटमा जोए ह्युगिलले एक—एक गोल गरेका थिए । प्रशिक्षक एरिकले खेलको दोस्रो हाफमा टोलीमा ११ वटा परिवर्तन गरेका थिए । प्रभावशाली मिडफिल्डर माउन्ट यसै सिजन म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका हुन् । चेल्सीबाट उनलाई भित्राउन म्यानचेस्टर युनाइटेडले पाँच करोड ५० लाख पाउन्ड खर्चिएको थियो । ‘पहिलो खेलमै उनको प्रदर्शन उत्कृष्ट रह्यो । हामीले माउन्टबाट निकै आशा गरेका छौं,’ खेलपछि प्रशिक्षक एरिकले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन २४ घण्टे स्पष्टीकरणमा परे कुलमान ?
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय
-
कर्णालीमा मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लागेको निषेधाज्ञा अन्त्य हुँदै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी