रामेछापको जलदेवी माविको अध्यक्षमा बलराम खड्का निर्वाचित
_dOtMhMvdE0.jpg)
काठमाडौं । रामेछापको सुनापति गाउँपालिका–५ स्थित जदेवी माध्यमिक विद्यालयमा बलराम खड्का निर्वाचित भएका छन् । खड्का विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका हुन् ।
बलराम खड्काले अर्का प्रत्यासी सुमन खड्कालाई पराजित गरेका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा लालमाया पुलामी, धनबहादुर रोका, ध्रुब कुमार खड्का, बीरवल माझी र सुमन खड्का सर्वसम्मत चयन भएका छन् । शिक्षक प्रतिनिधिमा नैनाकला श्रेष्ठ चयन भएकी छन् ।
२०७९ माघ २३ मा गठित विद्यालय व्यवस्थापन समितिलाई गाउँ कार्यपालिका विघटनको निर्णय गरेपछि दोस्रो पटक अध्यक्ष छनोट भएको हो । बुधवार आयोजित अभिभावक भेलाबाट सदस्यहरु सर्वसम्मत चयन भएका थिए । बुद्धिजिवी तर्फबाट सदस्यमा निर्वाचित बलराम खड्का र सुमन खड्काको बिचमा मत विभाजन हुँदा बलराम भारि मतले निर्वाचित भए ।
गाउँपालिकाको तर्फबाट विद्यालय व्यवस्थापन समितिको प्रतिनिधिमा कमला बिक र वडा कार्यालयको तर्फबाट रामहरी जर्गा चयन भएका छन् । विब्यस छनोट कार्यक्रममा सुनापति–५ का वडा अध्यक्ष चित्र बहादुर मानन्धर, नेपाली कांग्रेस सुनापति गाउँपालिकाका ईकाइ सभापति जनक खड्का, गाउपालिकाको शिक्षा शाखाका प्रमुख कमल बहादुर बम र बाल माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक गोपाल श्रेष्ठ सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले