प्रेस युनियन ताप्लेजुङमा पुकुर्टीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन
बिहीबार, २८ असार २०८०, ०७ : ३१

ताप्लेजुङ । नेपाल प्रेस युनियन ताप्लेजुङको पाँचौँ जिल्ला अधिवेशनले सन्तोष पुकुर्टीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
बुधबार समदरमुकाम फुङ्लिङमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कृष्ण फुरुम्बो लिम्बू र रञ्जना गुरुङ चयन भउका छन्। यस्तै सचिवमा तरुण भारती, सहसचिवमा अनुपा गुरुङ र कोषाध्यक्षमा फुर्वा शेर्पालाई चयन गरिएको छ ।
यसैगरी सदस्यमा राजन गौतम, देवेन्द्र बानियाँ, तेन्जीङ शेर्पा, पवित्रा सावादेन, दाखाङडु शेर्पा, अर्जुन कटुवाल र तुलसी राई चयन भएका छन् । अधिवेशनमा नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङ, प्रेस युनियनका केन्द्रीय सदस्य भीमकुमार बाँस्कोटा, प्रदेश प्रतिनिधि लक्ष्मी गौतमलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी