सीता दाहालको निधनप्रति प्रधानमन्त्री प्रचण्डको सचिवालयद्वारा दुःख व्यक्त
बुधबार, २७ असार २०८०, २१ : ०३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले प्रचण्डकी जीवनसंगिनी तथा नेकपा (माओवादी केन्द्र) की सल्लाहकार सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।
सचिवालयले प्रधानमन्त्रीलगायत शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गरेको छ । यस्तै समवेदना प्रकट गर्न आउनेका लागि बालुवाटारमा श्रद्धाञ्जली अर्पण गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तकुमार दराई ‘परवाना’ का अनुसार असार २९ गतेसम्म बिहान ८ देखि १० बजेसम्म र अपराह्न ४ देखि बेलुका ६ बजेसम्म श्रद्धाञ्जलीका लागि व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन
-
रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)