सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
![सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण](https://npcdn.ratopati.com/media/news/photo-for-press-release-insurance-cheque-handover-to-kshitiz-ale_tehiUc95yc.jpg)
काठमाडौँ । सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको हो ।
सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक श्रीमती रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे ।
स्वर्गीय भूमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दिर्घायु बचत तलब खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैकल्पिक राजनीतिक शक्ति निर्माणमा यस्ता छन् बाबुराम भट्टराईका आधार (पूर्णपाठसहित)
-
माओवादी राजनीतिमा औपचारिक रूपमा फर्किए पासाङ, पाए ‘विशेष जिम्मेवारी’
-
धार्मिक सहिष्णुता खलल गरेको आरोपमा एक जना पक्राउ
-
भूमिहीनलाई सरकारी जग्गा होइन, रोजगारी दिनुपर्छ : प्रेम सुवाल
-
नेपाल लाइफको नाफा बढ्यो, २ खर्ब १७ अर्बको बीमाकोष
-
केपीको प्यारो बन्न बादलले जनयुद्धलाई ‘हिंसा’ भने : शाही