महन्थ ठाकुरद्वारा दाहालको निधनप्रति दुःख व्यक्त
बुधबार, २७ असार २०८०, १५ : ०८
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री प्रचण्डका श्रीमती सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ठाकुरले आज विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका हुन् । उनले दाहालको ६९ वर्षको उमेरमा भएको असामयिक निधनले आफू मर्मात र दुःखी भएको बताएका छन् ।
अध्यक्ष ठाकुरले व्यक्तिगत र लोसपा नेपालको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवाजनप्रति समवेदना समेत व्यक्त गरेका छन् ।
सीता दाहालको आज विहान निधन भएको थियो । निधनपछि उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अग्रज पत्रकार भैरव रिसालको निधनदेखि तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको फरक-फरक भनाइसम्म
-
स्वास्थ्य संस्थाहरूमा औषधि अभाव
-
गरुड पुराण लगाउने पण्डित बन्न आएका भैरव रिसाल कम्युनिस्ट र पत्रकार बने
-
तीन वर्षभित्र १३ लाख धनीपुर्जा वितरण गरिन्छ : अध्यक्ष रिजाल
-
शंकर पोखरेलको प्रश्न : प्रचण्डको उर्दी कतै हलो अड्काएर गोरु चुट्ने त होइन ?
-
‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव