कैलालीमा अध्यक्षकै संलग्नतामा सामुदायिक वन फडानी

धनगढी । वर्षातको मौका छोपी कैलालीमा वन फडानी हुने गरेको पाइएको छ । वन फडानी गर्न सामुदायिक वनका पदाधिकारीहरुकै संलग्नता रहेको पाइएको हो ।
जिल्लाको चुरे क्षेत्रसँग जोडिएको गोदावरी नगरपालिका–१२ स्थित रातोपानी सामुदायिक वन फडानी भएको पाइएको छ । झण्डै एक सय जति सालका हरिया र सुकेका रुख काटेर वनभित्रै चिरान गरेर तस्करी हुने गरेको पाइएको हो । सामुदायिक वनका अध्यक्ष कैलाश विक र केही वन कर्मचारीको संलग्नतामा सो क्षेत्रमा पछिल्लो समय व्यापक वन फडानी भइरहेको स्थानीयले बताएका छन् ।
वन फडानीमा संलग्न दुई जनालाई स्थानीयले पक्राउ गरेर वन कार्यालयलाई बुझाएका छन् । पक्राउ पर्नेमा सामुदायिक बनका अध्यक्ष कैलाश विकका भाइ कर्ण बहादुर विक र स्थानीय टेकराज ओझा छन् । दुवै जनामाथि वन मुद्दा दायर गर्ने तयारी भएको इलाका वन कार्यालय अत्तरियाका अधिकृत निरञ्जन कडालले बताए ।
सो क्षेत्रमा एक सय नब्बे क्यूफिट काठ बरामद भएको कडालले बताए । सो क्षेत्रमा ठूलो मात्रामा सालको रुख कटानी भएको कडालले स्विकारे । करिब ९० देखि १०० वटासम्म सालका रुख काटिएको उनले जानकारी दिए । तस्करहरूले वनभित्रै चिरान गरेर मिलहरुमा काठ बेच्ने गरेको पाइएको छ ।
जिल्लाको अन्य सामुदायिक वनमा पनि वर्षातको मौका छोपी अवैध रुख कटानसँगै वन्यजन्तुको चोरी सिकार हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामिछाने तारिखका लागि वैशाख २३ गते पुनः रुपन्देही आउनुपर्ने
-
सर्त राखेर परमाणु कार्यक्रममाथि अमेरिकासँग वार्ता गर्न तयार भयो इरान
-
४५ सेकेण्डको विज्ञापनका लागि अल्लु अर्जुनलाई कसले दियो ३०० करोड ?
-
राष्ट्रपतिको ठाउँमा राजा ल्याउने सपना
-
रवि लामिछाने ओली र देउवासँग मिलेको मुकुलको दाबी
-
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुहोस् : प्रधानमन्त्री ओली