परिवारसहित अमेरिका पुगे मेसी

काठमाडौँ । मेजर लिग सकर (एमएलएस) खेल्न अमेरिकी क्लब इम्टर मियामीमा आबद्ध भएका अर्जेन्टिनी स्टार लियोनल मेसी अमेरिका पुगेका छन् । सात पटकको बेलन डीओर विजेता ३६ वर्षीय मेसी परिवासहित अमेरिका पुगेका हुन् । उनको विमान स्थानीय समयअनुसार, मंगलबार अबेर मियामीमा अवतरण गरेको समाचारमा जनाइएको छ । उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर यसै सिजन इन्टर मियामीमा आबद्ध भएका हुन् ।
केही दिनभित्रै उनी र क्लबमा आबद्ध भएका अन्य नयाँ खेलाडीलाई इन्टर मियामीले औपचारिक रुपमा परिचय गराउने कार्यक्रम रहेको छ । खेलाडीलाई परिचय गराउने आगामी आइतबार इन्टर मियामीले विशेष कार्यक्रम आयोजना गर्ने बताइएको छ । मेसीले यसै महिना (सम्भवतः जुलाई २१ तारिखमा) इन्टर मियामीको तर्फबाट पहिलो खेल खेल्ने पनि समाचारमा जनाइएको छ । मेसीलाई पछ्याउँदै स्पेनिस क्लब बार्सिलोनाका पूर्वसहकर्मी सर्जियो बुस्केट्स र जोर्डी अल्बा पनि इन्टर मियामीमा आबद्ध भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएका छन् : सभापति देउवा
-
‘महाशिवरात्रि पर्वले नेपालीबिच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वाशिंटन ?
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल