हिमालयन लाइफ इन्स्योरेन्सद्वारा १ करोड मृत्यु दावी भुक्तानी
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क रु १ करोड रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दावी रकम भुक्तानी गरेको हो ।
साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन बर्ष अघि रु. १ करोडको जीबन बीमा गरेका खत्रीको मृत्यु पश्चात सो दावी रकम प्रदान गरिएको हो ।
कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतकको पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गरे ।
कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितको पत्नी चालिसेले समयमानै कम्पनीले दावी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने बताइन् ।
कम्पनीले आवश्यक प्रक्रिया पुरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
-
‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
-
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
-
पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु
-
कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा पोखरेल