वर्तमान सरकार अजिबको छ, देशले निकास पाउँदैन : ज्ञवाली

सुर्खेत । नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान सरकार अजिबको भएको टिप्पणी गरेका छन् ।
संघीयता खारेजीको एजेण्डा बोक्नेदेखि १४ वटा प्रदेशको पक्षमा रहेका मधेसवादी पनि वर्तमान सरकारमा रहेको उनले बताए । यस्तो अजिबको सरकारबाट देशले निकास पाउन नसक्ने उनको जिकिर थियो ।
बुधबार नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनको सिद्धान्त भनेकै ‘मिलिजुली बसौँ, बाँढीचुढी खाऔँ’ भन्ने रहेको बताए ।
ज्ञवालीले कुनै पनि पार्टीको विचार र सिद्धान्त के हो भन्ने कुरा प्रधान भएको बताए । उनले भने,‘पार्टीलाई नयाँ पुराना भन्ने हैन, विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्त्वपूर्ण हो ।’
ज्ञवालीले एमालेमा पठनपाठनको संस्कृति हराउँदै गएको बताए । ‘सातै प्रदेशका स्कुलहरू सञ्चालन गर्ने, ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरू सञ्चालन गर्ने र त्यसका लागि पार्टीको स्कुलिङ र जनपरिचालनका लागि सात जना केन्द्रीय कमिटीहरू खटिएको छन्,’ उनले भने । साथै उनले विज्ञान प्रविधिले फड्को मारिरहेको अवस्थामा पार्टीलाई सोहीअनुसार अघि बढाइनुपर्ने बताए ।
नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको १० औँ महाधिवेशनले लिएको नीति अनुसार पार्टीले गति लिन नसकेको बताए । पार्टीको अवस्था राम्रो हुँदा–हुँदै पनि नतिजा सोचे जस्तो नआएको उनको भनाइ थियो । ‘हाम्रो व्यवहार राम्रो छैन, हामी अनुशासित हुनुपर्छ,’ उनी भन्छन् ।
एमालेका केन्द्रीय सदस्य तथा स्कुल विभाग कर्णाली संयोजक विष्णु रिजालले टिकटक हेरेर विचार बनाइए त्यो सबै सत्य नहुने तर्क गरे ।
कर्णाली प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बुधवारदेखि ३१ असारसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?
-
कक्षा १२ को परीक्षा : केन्द्राध्यक्षले दिन थाले राजीनामा
-
७२ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने कर्मचारीहरूको चेतावनी
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक