जथाभावी कर निर्धारणले व्यवसायी त्रसित : पूर्वका उद्योगी

काठमाडौँ । पूर्वका उद्योगी व्यवसायीले सरकारले जथाभावी कर निर्धारण गर्दा व्यवसायी त्रसित बनेको बताएका छन् । एक विज्ञप्ती जारी गर्दै उद्योग परिसंघ, कोसी र मोरङ व्यापार संघले व्यवसायी त्रसित बनेको बताएका हुन् ।
‘मुलुकको आन्तरिक अर्थतन्त्र सुध्रिएकै छैन । लगानी विस्तार हुन नसक्दा कुल ग्राहस्थ उत्पादन अपेक्षित भन्दा ६ प्रतिशत विन्दु कम भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘राजस्व संकलन गत वर्षभन्दा १३ प्रतिशतले घटेको छ । दश महिनायता मूल्य वृद्धिदर ७ प्रतिशत माथि रहेको राष्ट्रिय तथ्यांकले देखाइरहेको छ ।’
अर्थतन्त्रका मुख्य वाहक व्यवसायीहरू उसै हतोत्साहित भएको अवस्था रहेको र यही समयमा आर्थिक बर्षको अन्तमा जथाभावी कर निर्धारणले व्यवसायी त्रसित बनाउने कार्य भइरहेको व्यवसायिक संगठनले बताएका छन् । विद्युत, बैंक जस्ता निकायको श्रृंखलाबद्ध प्रहार सहँदै प्रतिकूल वातवरणमा पनि उद्योगी÷व्यवसायीहरुले उद्योग÷व्यवसाय संचालन गरी उत्पादन, आपूर्ति, रोजगारी र राजस्वमा योगदान दिइरहेको उद्योगीको भनाई छ ।
विगत केही दिनदेखि निजी क्षेत्रमाथि राज्य संयन्त्रले लगातार प्रहार गरिरहेको आरोप समेत ती दुई संगठनको छ । राज्य संयन्त्र नियोजित रूपमै निजी क्षेत्रलाई हतोत्साहित बनाउन थालेको महसुस मात्र नभइ स्पष्ट देखिएको छ । यसले हाम्रो मुलुकलाई असफल मुलुक बनाउने खतराको संकेत मान्न सकिने समेत विज्ञप्तिमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)