प्रहरी निरीक्षकद्वारा जवानलाई यातना !

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवान अनु रायलाई हात बाँधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ । सामाजिक सञ्जालमार्फत बाहिरिएको उक्त भिडियोमा जवान रायले रुँदै ‘मैले रक्सी खाँदिन, मलाई यसरी किन यातना दिनुहुन्छ ? कानै सुन्निने गरि किन पिट्नु हुन्छ ?’ भन्दै छन् । प्रहरी निरीक्षक राई हुन् वा अर्कै अधिकृतले यस (राय)लाई हात खोलेर मेडिकल गर्न लैजा भनेर निर्देशन दिएको सुनिन्छ ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकुनन्द ईवा लिम्बु मिटिङ रहेको उनको अंगरक्षकले बताए । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराई बुधबार निरीक्षणमा सिरहा पुगेका छन् । उनी ब्रिफिङका रहेको भन्दै सहयोगीले पछि सम्पर्क गर्न सुझाए । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले आफुले उक्त भिडियो हेरेको र यसबारे के भएको भनेर बुझ्ने काम गरिरहेको बताए । उनले भने, ‘मैले पनि भर्खरे थाहापाएँ, सत्यतथ्य के रहेछ, बुझ्दै छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नरसिंहा अवतार’ले किन बनायो ६० फिट लामो पोस्टर ?
-
‘ठुलो भिड रहेकाले कार्यक्रम स्थलबाट प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन’
-
तीनकुने प्रदर्शनमा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
-
प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट
-
भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल
-
मुलुक गम्भीर संकटमा छ, आन्दोलनको विकल्प छैन: साह