पर्सा राष्ट्रिय निकुञ्जको खोरमा २ वटा बाघ

बारा । चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको पाटे बाघ पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको छ । चितवनको मेघौली उपभोक्ता समिति अन्तर्गत पर्ने हरियाली मध्यवर्ती सामुदायिक वनबाट वयस्क भाले नियन्त्रणमा लिएपछि चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव कारण पर्सा निकुञ्जमा ल्याइएको हो । सो वयस्क भाले बाघले स्थानीय बस्तीमा पसेर घरपालुवा जन्तु खाएपछि चितवन निकुञ्जले असार २० गते नियन्त्रणमा लिएको थियो ।
‘बाघको खोर खाली नभएको तथा एक कोठाको खोर जीर्ण भएको हुँदा बाघको आवश्यक व्यवस्थापनको लागि पठाइएको छ’ चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको पर्सालाई पठाएको पत्रमा उल्लेख । यता असार २३ गते पर्सा निकुञ्जले पठाएको बाघ बुझेको छ ।
पर्सा निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले खोरमा राखिएको बाघलाई एक दिन बिराएर ५ केजी राँगाको मासु खुवाइएको छ । यसअघि पनि पर्साको ठोरीमा स्थानीय बस्तीमा छिरेर घरपालुवा जनावर खाएपछि करिब १० वर्ष उमेरको घाइते भाले पाटेबाघलाई पर्सा निकुञ्जले नियन्त्रणमा लिएर खोरमा राखेको थियो । हाल पर्सा निकुञ्जको खोरमा २ वटा पाटे बाघ राखिएको छ । नियन्त्रणमा राखिएका बाघलाई विभागको निर्णयअनुसार जङ्गलमा छोडिने निकुञ्जले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
किट विश्वविद्यालय फर्किन मानेनन् नेपाली विद्यार्थी, विकल्प खोज्दै सरकार
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
प्रेम विवाहको विवाद झडपमा परिणत, प्रहरीको गाडी जलाइयो