बञ्चरेडाँडामा फोहोर लिएर जाने गाडीलाई ककनीमा १५ सय प्रवेश शुल्क
मङ्गलबार, २६ असार २०८०, २३ : १२

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकाले फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ । सो गाउँपालिकाले आगामी साउन १ गतेदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको हो ।
गाउँपालिकाले फोहोर बोकेर गएका हरेक ट्रिपरलाई एक पटकमा एक हजारदेखि एक हजार पाँच सय कर अशुल्ने निर्णय गरेको छ । गाउँपालिकालले सानो टिपरलाई रु १००० र ठुलो टिपरलाई १,५०० रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको हाे ।
राजधानी काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लाबाट ककनी गाउँपालिकाको बञ्चरेडाँडामा फोहोर विसर्जन गरिन्छ । काभ्रेको बनेपा र मण्डनदेउपुरबाट पनि बञ्चरेडाँडामा फोहोर जाने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने