बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

चिनियाँ उपराष्ट्रपतिसँग राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको भेटवार्ता

मङ्गलबार, २६ असार २०८०, २१ : ३२
मङ्गलबार, २६ असार २०८०

चीन भ्रमणमा रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठ र जनवादी गणतन्त्र चीनका उपराष्ट्रपति हान चङबीच बेइजिङमा मंगलबार भेटवार्ता भएको छ । भेटमा नेपाल र चीनबीच विकास साझेदारीमा भएका सहमतिलाई कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको थियो ।

उपराष्ट्रपति चङले चीनले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली देशहरुसँग विकासका कामहरुमा सहकार्यलाई प्राथमिकता दिएको बताए । नेपालसँग चीनको विकास साझेदारीलाई अगाडि बढाउन चीन सधैँ तत्पर रहेको उनको भनाइ थियो ।

त्यसैबीच, आयोगका उपाध्यक्ष श्रेष्ठ र चाइना इन्टरनेशनल डेभलपमेन्ट एजेन्सीका उपमन्त्री दङ बोछिङ बीच पनि भेटवार्ता भएको छ । भेटमा नेपाल र चीन सरकारले नेपाल सरकारसँग गरेका  समझदारी र बीरआआई परियोजना अगाडि बढाउने विषयमा छलफल भएको थियो । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलगायत दुतावासका अधिकारी र उपाध्यक्ष श्रेष्ठको नेतृत्वका आएका नेपाली टोली सो भेटवार्तामा सहभागी थिए । 

china-vet2

बेइजिङमा आयोजना भइरहेको ‘फोरम अन ग्लोबल एक्सन फर शेयर डेभलपमेन्ट सम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने क्रममा उपाध्यक्ष श्रेष्ठ चीन आएका हुन् । सम्मेलन आयोजक संस्थाले चीन सरकारको अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी काम गर्दछ ।

उपाध्यक्ष श्रेष्ठले ‘क्यापिटल मोविलाइजेशन फर सस्टेनेबल इन्स्फ्रास्टक्चर’ विषयक छलफल कार्यक्रममा नेपालको तर्फबाट प्रस्तुति गरेका थिए । सो छलफलमा पाकिस्तान, इजिप्ट, बंगलादेश, म्यानमार, कम्बोडियालगायत २० देशका प्रतिनिधि सहभागी थिए ।  

त्यस्तै, श्रेष्ठले चीन सरकारको नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडीआरसी)का उपाध्यक्ष छोङ लियाङ सँग पनि भेट गरेका थिए । भेटमा एनडीआरसी र योजना आयोग बीच सन् २०१८ मा भएका सम्झौता अनुसार हुन नसकेको काम अगाडि बढाउने विषयममा छलफल भएको थियो ।

नेपाल १६ औं पञ्चवर्षीय योजनाको तयारीमा जुटिरहेको जानकारी गराउँदै उपाध्यक्ष श्रेष्ठले एनडीआरसीको प्राविधिक सहयोग उपलब्ध गराउन चीन सरकारसँग अनुरोध गरेका छन् । भेटमा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीरआरआई) कार्यान्वयनका पक्षमा पनि छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप