मन्त्रिपरिषद्
सरकारमा जान जनमतले मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो
मङ्गलबार, २६ असार २०८०, १९ : ३८

काठमाडौँ । जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ ।
जनमतका उपाध्यक्ष अब्दुल खानले पार्टीका तर्फबाट अनितादेवी शाहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको जानकारी दिए । उनका अनुसार मन्त्रालयको भने टुंगो लागेको छैन ।
प्रधानमन्त्री प्रचण्डले अमनलाल मोदीलाई मन्त्रीबाट हटाएर जनमतलाई संघीय मामिला तथा सामान्य मन्त्रालय दिने तयारी गरेका छन् । तर, जनमत पार्टीले भने विकासे मन्त्रालय खोजेकाले त्यही अनुसारको मन्त्रालय दिन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट जोगिन सतर्कता अपनाउन आग्रह
-
राप्रपा अध्यक्ष लिङ्देनको प्रश्नः सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ?
-
काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब
-
राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइयो: राजेन्द्र लिङ्देन
-
रास्वपा सांसद झाको प्रश्न: कर्मचारी मन्त्रीप्रति ‘लोयल’ हुने कि देशप्रति ?
-
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित