एसियाडमा सहभागी हुने खेलाडीलाई एन्टी डोपिङ सम्बन्धि तालिम

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत १९औं एसियाली खेलकुद सचिवालयको आयोजनामा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गरी एन्टी डोपिङ कक्षा मंगलबारदेखि सुरु भएको छ । तीन दिने कक्षा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिससमा सुरु भएको हो ।
एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेललाई तीन भागमा विभाजन गरी तीन दिनसम्म कक्षा सञ्चालन गरिने छ । सहभागीलाई औषधिको प्रयोग, डोपिङको विधि, डोपिङको आवश्यक्ता, प्रशिक्षणको अवस्थामा रहेका खेलाडीले प्रयोग गर्ने औषधि, वाडाको नियमलगायतका विषयमा जानकारी गराइने छ ।
दक्षिण एसियाली एन्टी डोपिङ ओर्गनाइजेसनका बोर्ड सदस्य डा. ज्ञानेन्द्र शाह, नेपाल ओलम्पिक कमिटीअन्तर्गत एन्टी डोपिङ कमिटीका संयोजक डा. नविसमानसिंह प्रधान र विज्ञ डा. सुसन वैद्यले सहभागीलाई एन्टी डोपिङ सम्बन्धी जानकारी दिनेछन् ।
कार्यक्रमको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरे । सोही अवसरमा खेलकुदमन्त्री लिम्बूले १९औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेलका खेलाडी तथा प्रशिक्षकलाई किट्स पनि हस्तान्तरण गरेका थिए । कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह
-
राष्ट्रिय उसु निर्णायक र डिप्लोमा कोर्ष सम्पन्न
-
फ्रान्सको मस्जिदमा संघातिक हमलाका सन्दिग्ध इटलीमा पक्राउ
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
-
ट्रम्पको पुनरागमनपछि मस्कको शक्ति बढ्यो तर लोकप्रियता र सम्पत्तिमा घाटा
-
बाटो निर्माणमा ७ लाख ७९ हजार हिनामिना, वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर