वारेस राख्न बालेनले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न बालेन्द्र शाहले दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भन्दै सर्वोच्चले वारेस राख्ने निवेदन खारेज गरेको हो ।
मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले बालेन्द्र शाह विपक्षी रहेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राखिपाउ भनेर बालेनले निवेदन दिएका थिए । तर अदालतले सो अदालतको अवहेलना मुद्दामा वारेसमार्फत् सुनुवाइ हुनु उचित नरहेको भन्दै बालेनको निवेदन अस्वीकार गरेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह) ले काडमाडौं महानगरपालिकाभित्र हिन्दी फिल्न चल्न नदिने निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरुले हालेको रिटमा उच्च अदालत पाटनले हिन्दी फिल्म चल्न र चलाउन रोक नलगाउनु भन्ने आदेश दिएको थियो । सोही आदेशलगत्तै बालेनले राष्ट्र, राष्ट्रियता र स्वाधीनताका सवालमा कुनैपनि अदालतको आदेश वा फैसला नमान्ने अभिव्यक्ति दिएका थिए ।
बालेनको सो अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झा अदालतको अवहेलनामा रिट लिएर सर्वोच्च अदालत पुगेकी थिइन् । सोही प्रकरणमा बालेनविरुद्ध कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो । सो प्रकरणमा बालेनले लिखित जवाफ बुझाएपछि सर्वोच्च अदालतबाट पेसी तोरेख लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु