नेपाली उत्पादनलाई ब्राण्डिङ गरी विश्व बजारमा पठाउनुपर्छ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरुलाई ब्राण्डिङ गरी विश्व बजारमा पु¥याउन आवश्यक रहेको बताएकी छन् ।
असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भई नेपाल फर्किएपछि मङ्गलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् ।
गुइयाङ प्रान्तमा स्थानीय उत्पादनहरूलाई ब्राण्डिङ गरी विश्व बजारमा पठाउने गरिएको र नेपालमा पनि आफ्ना स्थानीय उत्पादनहरू ब्राण्डिङ गरी विश्व बजारमा पठाउनुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।
उनले भनिन्, ‘त्यहाँको लोकल प्रोडक्टलाई बढी उहाँहरूले अर्ग्यानिक चकलेटहरू बनाएर ब्राण्डिङ गरेर विश्वमा पुर्याएको देखियो । यबेन माउताई भन्ने हाम्रो जस्तै रक्सी सेतो, कोदो, अन्नबाट बनाएर ब्राण्डिङ गरेर पठाउने रहेछ, हामीमा पनि धेरै यस्ता कुरा छन्, त्यसलाई ब्राण्डिङ गर्नुपर्छ जस्तो लागेको छ ।’
उपसभामुख राना नेतृत्वको संसदीय भ्रमण टोली असार २५ गते राति स्वदेश फर्किएको हो । भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्यहरु मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की भण्डारी र सङ्घीय संसद सचिवालयका उपसचिव विमलराज जोशी सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान [तस्बिरहरु]