असारको अन्तिम सातासम्म लुम्बिनी प्रदेशमा ५४ प्रतिशत रोपाइँ
बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्लामा ३१ लाख १० हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ ।
तर, असार महिनाको अन्तिम सातासम्म १६ लाख ९७३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको ५४.५२ प्रतिशत हो ।
लुम्बिनी प्रदेशको खेतीयोग्य जमिनमध्ये ५५.०७ प्रतिशतमा सिँचाई सुविधा रहेको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका प्रवक्ता अनिल मरासिनीका अनुसार अहिले सिँचाई नभएको ठाउँमा आकाशे पानीको भर पर्नुपर्ने तर पानी नपरेकाले पर्याप्त रोपाइँ हुन नसकेको हो ।
मन्त्रालयका अनुसार १२ जिल्लामध्ये सबैभन्दा बढी प्युठानमा रोपाइँ भएको छ भने सबैभन्दा कम दाङ जिल्लामा भएको छ ।
प्युठानमा ६५२५ हेक्टरमा रोपाइँ हुनुपर्ने ठाउँमा अहिले ६१९९ हेक्टरमा भएको छ, जुन ९५ प्रतिशत हो ।
दाङमा जम्मा २७ प्रतिशत रोपाइँ भएको छ । यहाँ धान रोपाइँ हुने ३७४३० हेक्टर भए पनि अहिलेसम्म १०१०६ हेक्टरमा भएको छ ।
रोल्पामा जिल्लामा ९१ प्रतिशत रोपाइँ भएको छ । रोल्पामामा ४६३८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमा अहिलेसम्म ४२२१ हेक्टरमा भएको छ । यस्तै पूर्वी रुकुममा ८८ प्रतिशत रोपाइँ भएको छ ।
नवलपरासी जिल्लामा २०,५०० हेक्टर मध्य अहिले १३३२५ हेक्टरमा रोपाइँ भएको छ, यो ६५ प्रतिशत हो ।
रुपन्देही जिल्लामा ५७ प्रतिशत मात्र रोपाइँ भएकाे छ । कपिलवस्तुमा ७००७० हेक्टरमा धान रोपाइँ हुने ठाउँमा अहिले ४४८४५ हेक्टर भएको छ। यो कुल ६४ प्रतिशत हो ।
पाल्पामा ८२१० हेक्टरमा रोपाइँ हुनुपर्नेमा अहिले ६३२२ हेक्टर क्षेत्रफल भएको छ, ७७ प्रतिशत हो ।
गुल्मीमा ४६७० हेक्टर हुनुपर्नेमा ३९०२ हेक्टर अर्थात् ४५ प्रतिशत रोपाइँ भएको छ । उता अर्घाखाँचीमा ८०५० हेक्टर रोपाइँ हुनुपर्ने मध्ये ४०२५ हेक्टरमा भएको छ, जुन ५० प्रतिशत हो ।
यस्तै बाँके जिल्लामा कुल ३३००० हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये अहिले १३२०० हेक्टरमा रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको ४० प्रतिशत हो । बर्दियाको ४९०३३ हेक्टरमा रोपाइँ हुनुपर्नेमा २५९८७ हेक्टरमा भएको छ । यो जिल्लामा ५३ प्रतिशत रोपाइँ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बबल एन्ड क्र्यास’को कथा
-
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता
-
टीआरसी ऐनमा संवैधानिक इजलासले उठायो प्रश्न, अग्राधिकार दिँदै लिखित जवाफ पेस गर्न आदेश