देश ‘सिन्डिकेट’ मा चलाउन खोजियो: कमल थापा
मङ्गलबार, २६ असार २०८०, १५ : २०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक सिन्डिकेटमा चलाउन खोजिएको बताएका छन् ।
मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा नवगठित भातृ सङ्गठनका प्रमुखहरूलाई जिम्मेवारी प्रदान गर्दै थापाले २०६२–६३ को परिवर्तनले मुलुकलाई अस्थिरतातर्फ धकलेको दाबी गरे ।
उनले सिन्डिकेटमा देश चलाउन खोजिए यस्तो प्रवृत्ति छिट्टै विस्फोट हुने पनि बताए ।
थापाले रोग,भोक,अशिक्षा र गरिबिको रामवाण गणतन्त्र ,सङ्घीयता ,धर्मनिरपेक्षता हो भन्नेहरूले देशलाई सङ्कटतर्फ धकेलेको जिकिर गरे ।
थापाले खेलकुद सङ्गठनमा दमन बस्नेत ,सनातन धर्म परिषद् मा प्राडा विष्णु भण्डारी ,किसान सङ्गठनमा डम्बर सिवाकोटी ,मुस्लिम सङ्गठनमा मोहम्मद इकवाल इराकी, अपाङ्ग सङ्गठनमा धर्म प्रसाद न्यौपानेलाई जिम्मेवार दिँदै सङ्गठन निर्माणमा उच्च मनोबल सहित क्रियाशील हुन आग्रह गरे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’