प्रचण्ड र बाबुराम निकट विद्यार्थी संगठनको हस्ताक्षर अभियान सुरु

काठमाडौँ । प्रचण्ड र बाबुराम भट्टराई निकटका दुई विद्यार्थी संगठनले आजदेखि दबाब मुलक कार्यक्रम हस्ताक्षर अभियान सुरु गरेका छन् । मंगलबार विद्यार्थीहरुले आफैं हस्ताक्षर गरी देशव्यापी रूपमा हस्ताक्षर अभियानको उद्घाटन गरेका हुन् । अखिल क्रान्तिकारी का प्रवक्ता उपदेश यादवका अनुसार नेपाल कमर्श क्याम्पस मिनभवनका विद्यार्थीहरुले हस्ताक्षर गरेर कार्यक्रम सुरु गरिएको थियो । ‘यो महिनासम्म हामीले देशैभरी हस्ताक्षर अभियान चलाउने छौं र हस्ताक्षर सङ्कनल गरेर प्रधानमन्त्री लाई बुझाउनेछौं’ प्रवक्ता यादवले भने ।
यो अभियान देशभरका शैक्षिक संस्थामा चल्ने छ भने अभियान संगठनको केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला समन्वय समिति, इकाई र पालिका कमिटीले चलाउने बताइएको छ । सोही अनुसार कमिटीहरुले सरकारसमक्ष हस्ताक्षर सहित ध्यानाकर्षण गराउने जनाइएको छ । प्रवक्ता यादवका अनुसार २७ गते शान्तिपूर्ण प्रदर्शन र ३१ गते वृहत् अन्तरक्रिया कार्यक्रम पनि तय भएको छ ।
‘यो आन्दोलन विद्यार्थीको मात्रै नभई सबै जनताको हो । त्यसैले यस आन्दोलनमा विभिन्न संघसंस्था, अभियन्ता, नागरिक समाज, विद्यार्थी, मजदुर, किसान, शिक्षक, कर्मचारी, अविभावक लगायत सबै नेपाली जनताले उतिकै महत्व दिन आवश्यक छ’ प्रवक्ता यादवले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग
-
कोशी प्रदेश सभामा ‘राजा’ शब्द निषेध
-
रुसले युक्रेनमा गर्यो ठुलो आक्रमण, २६७ ड्रोन प्रहार