मनाङ एयरको हेलिकप्टर दुर्घटना
दुर्घटनाग्रस्त क्षेत्रमा थप अर्को हेलिकप्टर पनि पठाइयो, खराब मौसमका कारण उद्धारमा समस्या
मङ्गलबार, २६ असार २०८०, १३ : ३६

काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त मनाङ एयरको ९ एन–एमभी हेलिकप्टर दुर्घटनास्थलमा थप अर्को हेलिकप्टर पठाइएको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ । हेलिकप्टर सम्पर्कविहीन भएलगत्तै खोजिका लागि अल्टिच्युट एयरको एउटा हेलिकप्टर पठाइएकोमा थप अर्को पनि सोही कम्पनीको हेलिकप्टर पठाइएको प्राधिकरणका ज्ञानेन्द्र भुलले जानकारी दिए ।
यद्यपि, मनाङ एयर लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार ६ जनामध्ये ५ जनाको शव भेटिएको छ भने एक जनाको अवस्था अज्ञात छ । खराब मौसमका कारण उद्धार कार्यमा समस्या आएको भुलले रातोपाटीलाई जानकारी दिए । डेथ बडी (शव) लाई आजै काठमाडौँ ल्याउने तयारी भएपनि प्रतिकुल मौसमका कारण अनिश्चित भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरीमा संलग्न पक्राउ
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग