सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

बैंकमा तरलता थुप्रिएपछि रिभर्स रिपोमार्फत २० अर्ब तान्दै केन्द्रीय बैंक

मङ्गलबार, २६ असार २०८०, १३ : ०३
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा कर्जा माग भन्दा बढी निक्षेप (बचत) बढेसँगै तरलता थुप्रिन पुगेको छ । कर्जा लगानीको तुलनामा बैंकहरुमा ४ गुणाबढी निक्षेप बढेसँगै अधिक तरलता भएको हो ।  असार २५ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कूल निक्षेप ५७ खर्ब १५ करोड पुग्दै गर्दा यता कर्जा लगानी ४८ खर्ब ६१ अर्ब हारहारी मात्र पुगेको छ । सबैखाले बैंकिङ औजार, सुरक्षण कटाउँदा पनि अहिले बैंकहरुसँग ३ खर्ब ७० अर्ब बढी लगानी योग्य पुँजी (तरलता) थुप्रिएको छ ।

योसँगै राष्ट्र बैंकले पछिल्लो पटक रिभर्स रिपोमार्फत थप २० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले असार २६ गते १४ दिनका लागि २ सय करोड अर्थात् २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ ।  इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरुले रिभर्स रिपोका लागि आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले दुई पटक गरेर ३० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप