अनाहकमा पिटिए साइकल यात्री

विराटनगर । विराटनगर–४ स्थित दूध फारम अगाडि एक साइकल यात्रुलाई मुक्का हानेर लडाएको भिडियो भाइरल बनेको छ ।
साइकल यात्रु विराटनगर–६ बस्ने पवन शाहलाई विराटनगर–४ ढाटका १९ वर्षीय आयुष भेटवालले मुक्का हानेको प्रहरीको दाबी छ । मुक्का हानेपछि बेहोस भएर ढलेका शाहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पुर्याईएको थियो ।
गते असार १९ गते रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर भेटवालले साइकल यात्रु शाहलाई मुक्का हानेका थिए । उनको मुक्कापछि साह सडकमा ढलेको देखिन्छ । शाह सडकमै ढलेपछि उनै भेटवालले घिसारेर सडकको किनारमा ल्याएर छोडेका थिए ।
उनलाई घटना भएको १० घण्टामा प्रहरीले घरैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक पोखरेलले बताए । उनका अनुसार भेटवाललाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
हरे शिव! कस्तो बिडम्बना यो देशमा गरिबको बाच्न पाउने अधिकार सम्म छैन 😡
— 'मञ्जरी' (@Manzari77) July 10, 2023
झट्ट हेर्डा कुनै फिल्मको दृश्य जस्तो लाग्ने मुटु काप्ने सत्य घटना!!
क्रूरतापुर्वक हत्या गर्न खोज्ने! कसैको जिन्दगीमा माथी खेल्वाड गर्ने यी अपरधि कुण्डाहरूलाई हदै सम्मको कारबाही होस् । pic.twitter.com/4j13sE6NxB
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त