हेलिकप्टर दुर्घटना
मनाङ एयरको हेलिकप्टरमा को–को थिए यात्रु ?
मङ्गलबार, २६ असार २०८०, ११ : ५२

काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौँ उडेको मनाङ एयरको हेलिकप्टर जिल्लाकै लम्जुरा क्षेत्रमा दुर्घटना भएको बताइएको छ । सो विमानमा पाइलटसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ ।
मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए । यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् ।
उनीहरू सोमबार लुक्ला पुगेका थिए । एक रात त्यहाँ बसेर आज काठमाडौँ फर्किँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानमा बेलायती दम्पती पक्राउ
-
जापानमा हिम पहिरोको चेतावनी जारी
-
स्वास्थ्य बीमालाई व्यवस्थित गर्न काम थालिसक्यौँ : मन्त्री पौडेल
-
कोशी प्रदेशसभामा उठ्यो भ्रष्टाचारी ठहरिएका पराजुलीको विषय
-
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’