आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

'पठाओ फुड फेस्ट' सम्पन्न, सुरू भयो झमझम अफर!

मङ्गलबार, २६ असार २०८०, ११ : २१
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । नेपालको अग्रणी राइड शेयरिङ एवम् फुड डेलिभरी कम्पनी पठाओ नेपालले आयोजना गरेको  'पठाओ फुड फेस्ट २०२३' सम्पन्न भएको छ । फुड फेस्टको २१ दिनको अवधिमा डेढ लाख भन्दा बढी अर्डर डेलिभरी गरेको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए ।
 
अब भान्सामा ताला लगाउँदा हुन्छ भन्ने नारासहित कम्पनीले गत जेठ २७ देखि असार १५ सम्म फुड फेस्ट आयोजना  गरेको फुड फेस्टमा फ्राइज किन्दा बर्गर फ्री, चिउरा किन्दा छोइला फ्री लगायतका सोच्नै नसकिने १ रुपैयाँका धेरै अफरहरू, हरेक दिन फ्ल्यास सेल्स तथा  रेस्टुराँ अर्डरहरूमा ८०% सम्मको छुट जस्ता नौलो अफरहरू दिइएको थियो ।

पठाओमा सो अवधिमा फुड अर्डर गर्नेमध्येबाट साप्ताहिक लक्की ड्रमा सिवन ग्रेस महर्जन, आदेश खड्का र पूनम कोइरालाले वानप्लसको नोट  एन २० एसई (४ जिबी+ ६४ जिबी) मोबाइल जितेका छन् ।  यस्तै सञ्जु जोशी, निश्चल त्रिताल र रोहेर प्रधानले गितार शपबाट गितार जितेका छन् ।

कम्पनीका अनुसार, बम्पर प्राइजमा लक्की ड्रको बिजेता सर्मिला सुनुवारले आईफोन १४ प्रो जितेकी छन् भने भाग्यशाली १०० जनाले एक वर्षका लागि पठाओ फुडबाट नि:शुल्क डेलिभरी पनि जितेका छन् ।

केही रेस्टुरेन्टहरूबाट ९ सय ९९ रुपैयाँभन्दा माथिको अर्डरमा बाह्रसिङ्गे बियर पनि सितैमा दिइएको थियो । बाह्रसिङ्गेको अरु उपहार र बाह्रसिङ्गे गार्डेनमा २ जनालाई बेड-एण्ड-ब्रेकफास्ट समेत दिएको थापाले जानकारी दिए ।

फेस्ट अवधिमा रेस्टुरेन्टहरूमा ग्राहकको भन्दा पठाओ हिरोहरूको भिड बढी देखिएको रेस्टुरेन्ट व्यवसायी बताउँछन् । सबै भन्दा धेरै कमाइ गर्ने रेस्टुरेन्टले २० लाख रुपैयाँसम्म कमाएको थापाले बताए ।

सामान्य दिनमा पठाओ हिरोहरूले औसतमा दैनिक ४० हजार रुपैयाँ कमाउँदै आएकोमा  फुड फेस्ट अवधिमा ५० हजार पुगेको कम्पनीले जनाएको छ ।
 
ग्राहकहरूले खानेकुराको अर्डरमा पाएको स्योरशट प्राइजको स्क्राच कार्ड फेसबुक र इन्स्टाग्राममा शेयर गरेका थिए । जसमा हरेकले केही न केही पुरस्कार जितेका छन् ।

यस्तो पुरस्कारहरूमा सिजी नेटको ३ महिनाको फ्री इन्टरनेट सब्सक्रिप्सन, डिशहोम टिभीमा ३ महिना फ्री रिचार्ज,  डिशहोम गो एपमा ३ महिनाका लागि फ्री सब्सक्रिप्सनका साथसाथै क्युएफएक्स मुभी बुकिङ तथा यती एयरलायन्सको टिकट र धुलिखेल जिपलाइन बुकिङमा छुट दिइएको थियो ।

यस्तै ग्राहकहरूलाई कम्पनीले गितार सपको सपिङ भौचर जस्ता उपहारसमेत दिएको थियो ।

फुड फेस्टमा मेहनत गर्ने १० जना पठाओ हिरोहरूले पनि भिभोको वाई१५ सी (३/२ जिबी) मोबाइल उपहार पाएको कम्पनीले जनाएको छ ।

कम्पनीले अनलाइन फुड अर्डरका लागि नयाँ नयाँ ग्राहकहरूमाझ पुग्न फेस्ट आयोजना गरेको थियो ।  जसमा लक्ष्यको दुई गुणा बढी अर्डर आएको थापाले जानकारी दिए ।
 
पठाओले फुड फेस्ट सकिएलगत्तै जुलाइ महिना भरका लागि एक सयभन्दा बढी रेस्टुराँमा छुटका साथ 'झमझम अफर' भन्दै मनसुन क्याम्पेन शुरू गरेको छ ।
सो क्याम्पेनमा पनि फ्ल्याश सेल्स र राइता किन्दा बिर्यानी फ्री जस्ता धेरै अफरहरू सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप