समाचार
६ यात्रुसहित काठमाडौँ आउँदै गरेकाे मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
मङ्गलबार, २६ असार २०८०, ११ : १४
१

काठमाडौँ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । खराब मौसमका कारण लुक्ला विमानस्थल तल सुर्केबाट बिहान करिब १० बजे उडेको मनाङ एयरको ९ एनएएमभी हेलिकप्टर ५–७ मिनेटमा नै सम्पर्कविहीन हुन पुगेको नेपाल वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ ।
हेलिकप्टरमा चालकदलसहित ६ जना यात्रु रहेका थिए । उडान लगत्तै बिहान १० बजेर १ मिनेटमा सम्पर्कमा आएपनि त्यसपछि सम्पर्क विहीन हुन पुगेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । अहिले वेपत्ता हेलिकप्टरको खोजि कार्य भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा राठौर र साउदले गुट परिवर्तन गरेका हुन् ?
-
स्कुटर चोरीमा संलग्न पक्राउ
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत