टिभिएस मोटर कम्पनीद्वारा कीर्तिमान
काठमाडौं । टिभिएस मोटर कम्पनीले आपोलो आल्फा एच१ टायर्स सुसज्जित टिभिएस आपचे आरआर ३१० मोटरसाइकल मार्फत नयाँ भारतीय राष्ट्रिय स्पिड ईन्ड्योरेन्सको कीर्तिमान कायम गरेको छ ।
२४ घण्टे स्पिड ईन्ड्योरेन्स चुनौतीको भागका रूपमा, कम्पनीले एनएट्रयाक्स (एशियाकै सबैभन्दा लामो हाईस्पीड ट्रयाक–एफएमएससीआईद्वारा प्रमाणित), इन्दौरमा ३,६५७.९२ केएमएसको यो कीर्तिमान कायम गरेको हो ।
टिभिएस रेसिङद्वारा अदृतीय ट्रयाक वेपनकारपमा निर्माण गरिएको टिभिएस आपाचे आरआर ३१०, यसको असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ । १७३ किलोमिटर प्रति घण्टाको अधिकतम गति र १५२ किमी प्रति घण्टाको औसत गतिका साथ टिभिएस आपाचे आरआर ३१० ले रेसट्रयाकमा आफ्नो प्रभुत्व प्रमाणित गर्दै आफ्नो विश्वसनियता तथा सुदृढ गरेको हो ।
कम्पनीको ं“ट्रयाक टू रोड” दर्शनको प्रवद्र्धन गर्दै, टिभिएस आपाचे सिरिजले भर्खरै ५० लाख विश्वव्यापी बिक्रीको महत्वपूर्ण कोशेढुङ्गा प्राप्त गर्न सफल भएको छ । यसले विश्वव्यापी ग्राहकहरूको विश्वास र वफादारी कमाउँदै सबैभन्दा तिब्र गतिमा बृद्धि हात पार्न सफल प्रिमियम मोटरसाइकलका रूपमा कम्पनीको प्रतिष्ठालाई नयाँ उँचाई प्रदान गरेको छ ।
“यो सफलता नवीनता र कार्यसम्पादनप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रमाण हो । टिभिएस आपचे आरआर ३१०द्वारा ट्रयाकमा प्रस्तुत असाधारण कार्यसम्पादनले यसको अत्याधुनिक प्रविधि र अटल विश्वसनीयताको प्रमाण दिन्छ । यो हामी सबका लागि गर्वको क्षण हो,” कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले भने, “यो कीर्तिमानी उपलब्धिले टिभिएस आपाचेलाई मोटरसाइकलको संसारमा एक सच्चा च्याम्पियनको रूपमा स्थापित गरिदिएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण
-
पौडेल र सेयर बजारको ‘ट्युनिङ’ पनि फेल