मेलौली बस दुर्घटना अपडेट : ६ जनालाई धनगढी रेफर, २५ जना डिस्चार्ज
बैतडी । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ७ स्वाखानीमा बस दुर्घटनामा परि घाइते भएकाहरू मध्ये २५ जनालाई डिस्चार्ज गरिएको छ ।
मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेलधुरा पठाइएका २५ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
यस्तै ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दुर्घटनामा घाइते भएका गोरख साउँद, मानविर साउँद, सगिंता रावत, दीपिका भटट, विसन भट्ट, र बस चालक देव सिंह भण्डारीलाई डडेलधुरा अस्पतालबाट थप उपचारका लागि धनगढी पठाइएको खत्रीले मेलौली खबरलाई जानकारी दिए। बाँकी घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बसमा ४४ जना सवार रहेका थिए। तीमध्ये एक जनाको मेलौलीमै मृत्यु भएको हो ।
पञ्चेश्वर गाउँपालिका–३ कुलाउबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको बस सोमबार दिउँसो १ बजे दुर्घटनामा परेको थियो। सो दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो।
सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्किएको छ। ओरालो सडकमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा
-
'सामाजिक सुरक्षा योजना कार्यान्वयनका जटिलता अन्त्य गर्छौँ'
-
रास्वपाले भन्यो– हामीमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भयो
-
कृषि विकास रणनीति परिमार्जनबारे छलफल, किसानमैत्री रणनीति हुनुपर्नेमा जोड
-
सरकार जनताप्रति जिम्मेवार छ : प्रधानमन्त्री
-
निजगढ विमानस्थल निर्माणको काम सुरु नहुँदै एक अर्ब खर्च