मकवानपुरको मनहरीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप ८ घर भई चितवन खैरेनी ८ बस्ने अन्दाजी ५० वर्षीय नरबहादुर थापाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो १२ ः ५० बजेको समयमा मनहरी ः ६ नयाँ बस्तीस्थित पूर्व पश्चिम सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका थापाको उपचारका क्रममा चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
चितवन तर्फबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ८६५८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मनहरी–६ नयाँ बस्तीस्थित सडक किनारको विद्युतको पोलमा ठोक्किन पुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि भरतपुर पठाइएको थियो ।
थापालाई बेहोस अवस्थामै उपचारको लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याइए पनि चिकित्सकले सोमबार साँझ थापालाई मृत घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद श्रेष्ठको प्रश्न : सरकारले डाक्टरले दिएको राजीनामा किन स्वीकृत गर्दैन ?
-
ईपीएसमार्फत कोरिया जाने श्रमिकहरूको उडानमा ढिलाइ, के भन्छ ईपीएस शाखा कार्यालय ?
-
माघ महिनामा तीन हजार बढी फरार प्रतिवादी पक्राउ
-
२०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई कांग्रेस सांसदको सुझाव
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
रौतहटमा युवकको शव फेला