भारतले २६ वटा राफेल विमान खरिद गर्दै
सोमबार, २५ असार २०८०, २१ : ३०

नयाँदिल्ली । भारतले फ्रान्सबाट २६ वटा राफेल लडाकु विमान र तीन स्कोर्पेन पनडुब्बी खरिद गर्ने भएको छ ।
रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार लडाकु विमान र पनडुब्बी खरिदको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणको क्रममा हुने सम्भावना छ । देशले सामना गर्नुपरेका सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै भारतीय नौसेनाले विमान र पनडुब्बी खरिदका निम्ति सरकारलाई निरन्तर दबाब दिँदै आएको थियो ।
विमान र पनडुब्बी खरिदका निम्ति रु ९० हजार करोडभन्दा बढी लाग्ने अनुमान गरिएको भए पनि फ्रान्ससँगको खरिद सम्झौता वार्ता निष्कर्षमा नपुगेकाले लागत यकिन भएको छैन । भारतले सम्झौतामा मूल्य सहुलियत खोज्ने छ ।-(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्याउन अझै सकेनन्
-
‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?
-
आज विवाह गर्दै अस्मिता र महेश
-
ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार
-
१ रुपैयाँ तिरेर फिल्म 'चिसो मान्छे' हेर्न पाइने
-
पार्टीको आमसभा स्थगित गरेर ज्ञानेन्द्रको स्वागतमा राप्रपा