मेलौली बस दुर्घटना अपडेट : घाइते भएका ३५ जनाको पहिचान खुल्यो
बैतडी । बैतडीको मेलौलीमा भएको बस दुर्घटनामा घाइते भएका ३५ जनाको पहिचान खुलेको छ । पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु२ख २०११ नम्बरको पवनदुत यातायातको बस मेलौली नगरपालिका–७ स्वाखानीमा सोमबार दिउँसो १ बजे दुर्घटना भएको थियो । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–०६ रन्तोलीका ३६ वर्षीय उमेश भण्डारी रहेका छन् । दुर्घटनामा परेका भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ३५ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । ५ जनालाई घटनास्थलबाटै रेफर गरिएकाले परिचय खुल्न समय लाग्ने प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा बस चालक देव भण्डारी , विमला दमाई, पूजा साउद, क्रिस भण्डारी, पार्वती भण्डारी, केशव राम लुहार, दीपिका भट्ट, मञ्जु पार्कि, कृष्ण शाही, मिना चन्द, कमला चन्द, कल्पना चन्द, विनोद दमाई, दिया चन्द, सिता चन्द, रेशमा चन्द, दीपेश चन्द, सुरत बहादुर चन्द, कालु राम कोली, परु कोली, बिर्पल धनाडी, प्रकाश कार्की, सगिता चन्द, सुरत चन्द, उसा दमाई, निशा भट्ट, सेतु चन्द, विपिन भट्ट, भरत साउद, खडक चन्द, लक्ष्मी चन्द, कृष्ण सुतार, आशिष धनाडी, केशव सिंह ठगुन्ना रहेका छन् ।
अधिकांश घाइतेहरूलाई डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीको ट्र्यापमा परे : श्रममन्त्री भण्डारी
-
विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द
-
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी
-
क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग
-
निर्वाचन आयोगद्वारा पर्यवेक्षकहरूसँग अन्तरक्रिया
-
नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा समूहले कार दिने