झापामा मन्टेश्वरीका बालकको सेफ्टी ट्यांकीबाट उद्धार

झापा । मेचीनगर–१० धुलाबारीस्थित ‘सानो साथी किन्डरगार्टेन’ नामक मन्टेश्वरीमा अध्ययनरत आठ वर्षीय छात्र तान्छोक लिम्बु सोमबार विद्यालयकै सेफ्टी ट्यांकीमा डुबेर बेहोस भएको अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार दिउँसो १२ बजेतिर खाना खाइसकेका बालक कक्षा कोठामा नभेटिएपछि खोजी गर्दा शौचालयको सेफ्टी ट्यांकीभित्र डुबिरहेको फेला परेका थिए ।
घाइते बालकलाई उद्धार गरेर तत्काल बिर्तामोडको बीएन्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । बालकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले विद्यालयको लापरवाहीका कारण बालक सेफ्टी ट्याङ्कीमा डुबेको बताए । सो विद्यालय दर्तासमेत नरहेको उनले बताए । विद्यालयमा ६४ विद्यार्थी अध्ययनरत् छन् ।
विद्यालय भवन पछाडिको शौचालयको ढोका छेउमै सेफ्टी ट्यांकी रहेको र ट्यांकीको माथिको प्वाल मक्किएको प्लाइउडको पाताले लापरवाहीपूर्वक छोपिएका कारण शौचालय जाने क्रममा बालक दुर्घटनामा परेको हुनसक्ने वडाध्यक्ष खनालले बताए ।
उक्त विद्यालय विसं २०७० मा मनोज गुरुङले स्थापना गरेका हुन् । उनी नै विद्यालयको सञ्चालक र प्रिन्सिपल हुन् । विद्यलयमा पीजी (प्ले ग्रुप)देखि कक्षा १ सम्म पढाइ हुने गरेको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी र वडाध्यक्ष खनालले बीएन्डसी अस्पताल पुगेर घाइतेको अवस्था र उपचारबारे जानकारी लिएका छन् । बालक सेफ्टी ट्याङ्कीमा डुबेको भेटिएपछि विद्यालय बन्द गरिएको छ भने प्रहरीले विद्यालयको सुरक्षा गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर