सुदूरपश्चिम प्रदेशको बजेट पारित हुन नदिने सत्तारुढ ३ दलको निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्न नदिने सत्तारुढ ३ दलले निर्णय गरेका छन् ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको सोमबार बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सभामा पेश गरिएको बजेट संघीयताको मर्म विपरीत र व्यक्ति केन्द्रित रहेकोले यथास्थितिमा पारित गर्न नदिन ३ दलको निर्णय भएको जानकारी दिए ।
असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए । शाही एकीकृत समाजवादीबाट मन्त्री भएका हुन् ।
बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मात्रै होइन, सत्तारुढ गठबन्धनभित्रै असन्तुष्टि देखिएको हो ।
बजेटप्रति सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसदहरुले पनि विरोध जनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित
-
शशांकको चियापानमा इतर समूहका भन्दा संस्थापनका धेरै नेता, देखिएनन् शेखर र सुजाता
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ
-
आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरूलाई निर्देशन
-
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’