ललिता निवास प्रकरण : सारडा ग्रुपका पाँच उद्योगी सम्पर्कविहीन

विराटनगर । काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा घोटला प्रकरणमा संलग्नताको आरोप लागेकाहरु धमाधम पक्राउ पर्न थालेपछि विराटनगरका प्रतिष्ठित घरानाका पाँच व्यापारी सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा, एसियन फुड्सको कारोबार हेरिरहेका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सारडा रहेका छन् । यस्तै सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाको छोरा सन्दिप सारडा पनि सम्पर्कविहीन रहेको स्रोतले बतायो ।
उनीहरु गत असार १५ गतेपछि सम्पर्कविहीन बनेका हुन् । उनीहरुको नाम ललिता निवासको जग्गा घोटला गर्नेहरुमध्येको ३९७ जनाको लिष्टमा रहेको बताइएको छ ।
उनीहरुले कतिमा कति जग्गा किनेका थिए भन्ने कुरा भने खुलेको छैन । ‘चार नम्बरपछि जग्गा किनेको कुरा मलाई पनि जानकारीमा आएको छ,’ विराटनगरका एक उद्योगीले भने, ‘हामीले कन्ट्याक्ट गर्न खोज्दा पनि भइरहेको छैन । कहाँ हुनुहुन्छ थाहा छैन । कुनै पारिवारिक जमघटमा जानु भएको हो कि ? ।’
विराटनगरकै अर्का उद्योगीले भने, ‘उहाँहरु जस्तो प्रतिष्ठित मान्छे भाग्नुपर्ने अवस्था सिर्जना भएपछि उद्योग व्यवसायीको क्षेत्रमा के भएको होला ? ’ उनले जग्गा के हो ? कसको हो किन्ने मान्छेलाई थाहा नहुने भन्दै आक्रोश व्यक्त गरे । ‘उहाँहरुले भन्दा अगाडि दुई जनाले किनेका थिए । को–कोसँग कसले किनेको थियो तेस्रो, चौथो नम्बरमा किन्ने मान्छेले त्यो जग्गा विवादित हो भनेर कसरी थाहा पाउँछ ?,’ उनले भने ।
नक्कली भुटानी शरणार्थी काण्डदेखि ललिता निवासकाण्डसम्म उच्च ओहोदाका मानिसहरु पक्राउ परेको देखेर उद्योगीहरु लुक्नु, भाग्नु सामान्य भएको उनको भनाइ छ । ‘सरकारले मान्छेहरु पक्राउ गरेको देख्दा उद्योगीहरु कसरी छोडिएला र ? तर, के भइरहेको छ भन्ने विषय हामीले बुझ्न सकेका छैनौँ,’ उनले भने ।
सारडा परिवारको नेपालमा १६० वर्षको इतिहास छ । श्रीनिवासको हजुरबाहरु भारतबाट नेपालको सिरहास्थित लहानमा बसेका थिए । त्यसबेला उनीहरुले जनकपुरसम्म व्यापार गरे । ४० को दशकपछि उनीहरु विराटनगर र काठमाडौं छिरेका हुन् । संविधानसभा सदस्य सारडा मोरङ व्यापार संघका पूर्व अध्यक्ष पनि हुन् । शिवरतन काठमाडौंमा बस्छन् । सारडा ग्रुपका अध्यक्ष उनी जेठो हुन् । माइला राधेश्याम, साइलो श्रीनिवास र पवन कान्छो भाइ हुन् । राधेश्याम सारडालाई रमपम चाउचाउ उत्पादक कम्पनी एसियन थाइफुड्सको सबै आर्थिक कारोबार हेर्ने जिम्मा थियो । यो प्रकरणमा हालसम्म एक दर्जन व्यक्ति पक्राउ परिसकेका छन् । जसमा पूर्वसचिवमात्रै आधा दर्जन बढी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद