राजु मास्टर र बल्छी धुर्बे लगायतलाई एक वर्ष कैदको मागदावी गर्दै मुद्दा दर्ता
![राजु मास्टर र बल्छी धुर्बे लगायतलाई एक वर्ष कैदको मागदावी गर्दै मुद्दा दर्ता](https://npcdn.ratopati.com/media/news/raju-balchi_F6qMEtDQaa.jpg)
काठमाडौँ । हास्य कलाकारद्वय राजु मास्टर र बल्छी धुर्बेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदावी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिधवक्ता अच्युतमणि नेउपानेका अनुसार आइतबार नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकिएको छ । कलाकारहरु राजु मास्टर भन्ने राजु पौडेल, बल्छी धुर्बे भन्ने मरिचमान श्रेष्ठ, म्याकुरी भन्ने रोशन खतिवडा, बेगम नेपाली, अलिस राई, जलन घर्तिमगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेललाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) र, दफा २५ को उपदफा (१) बमोजिम एक वर्ष कैद र जनही १० हजार रुपैयाँ जरिवानाको मागदावी लिइएको छ ।
उनीहरुले निषेध गरिएको विषयमा विज्ञापन गरेको र जुवा वा सट्टेबाजीलाई प्रोत्साहन दिएको कारण उनीहरुमाथि कैद सजाय र जरिवानको मागदावी लिइएको हो ।
प्रहरीले पक्राउ गरी मुद्दा चलाएका ११ जना प्रतिवादीमध्ये २८ वर्षीय दिनेश खड्का र २९ वर्षीय अनिता धिताललाई भने जनही ७ वर्ष कैद र चौसठ्ठी करोड चौरानब्बे लाख उनन्तीस हजार आठ सय बीस रुपैया बिगो मागदावी लिइएको छ । उनीहरुको मुद्दामा सोमबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया